3 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय गुरुङ ओडिआई खेलाउने चौथो नेपाली अम्पायर बनेका छन् । एसिसी प्रिमियर कपमा शनिबार दोस्रो सेमिफाइनलमा ओमान र युएईसँगको खेलबाट गुरुङले ओडिआई अम्पायरमा डेब्यू गरेका छन् ।

नेपाली क्रिकेट टोलीका पहिलो ब्याचका खेलाडी समेत रहेका उनले मुलपानी क्रिकेट मैदानमा ओडिआई अम्यायरमा डेब्यू गरेका हुन् ।
‘पक्कैपनि मेरो लागि यो खुसीको कुरा हो । नेपालमा गर्ने कुनैपनि अम्पायरको ओडिआई खेलाउने सपना नै हुन्छ । एउटा खेलाडीको रुपमा नेपाललाई प्रतिनिधित्व गरि सकेपछि र मुलपानी मैदानसँगै मैलेपनि डेब्यू गर्न पाउँदा एकदमै खुसी छु’, ओडिआई डेब्यूपछि गुरुङले भने ।
उनी नेपालमा बुद्धि प्रधान, दुर्गानाथ सुवेदी र विनयकुमार झापछि ओडिआई खेलाउने चौथो नेपाली अम्पायर बनेका हुन् ।
यसै खेलमा उनीसँगै साउदीका रहत अलीले पनि ओडिआईमा डेब्यू अम्पायर गरेका छन् । दुबै डेब्यू अम्पायरले मुलपानीमा ऐतिहासिक ओडिआई खेल खेल खेलाएका हुन् ।

योसँगै ओडिआई मान्यता पाउने मुलपानी विश्वको २ सय १६ औं मैदान बनेको छ । टियुपछि नेपालको दोस्रो ओडिआई मैदान बनेको छ । गुरुङ ओडिआईमा डेब्यू अम्पायर गर्दा आफूलाई गर्व लागेको बताए । ‘मुलपानी हाम्रो दोस्रो ओडिआई मैदान बनेको छ । चौथो ओडिआई अम्पायर नेपालको हुँदा गर्वमहसुस गरेको छु’, उनले भने ।
एसिसी प्रिमियर कपमा नेपालबाट सञ्जय गुरुङ, हिमला गिरी र विनयकुमार झा अम्पायरको रुपमा छन् । बुद्धि प्रधान म्याच रेफ्रीको रुपमा छन् । विनय र बुद्धि नेपालका नियमित ओडिआई अम्पायर समेत हुन् । यस प्रतियोगितामा अम्पायरमा राम्रो प्रभाव छाडेपछि एसिसीले गुरुङलाई ओडिआईमा डेब्यू दिएको थियो ।
नेपालले पहिलो पटक सन् १९९६ मा अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा एसिसी ट्रफी खेल्दा गुरुङ नेपाली टोलीका सदस्य थिए । त्यो समय नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा एसिसी ट्रफी मात्रै खेल्थ्यो । उक्त प्रतियोगिता दुई वर्षको अन्तरमा मात्रै हुन्थ्यो । त्यसैले गुरुङले १९९६ मा मात्रै नेपालबाट खेलेका थिए ।

सन् २००८ मा यू१७ हुँदै २००९ मा सिंगापुरमा भएको डिभिजन ६ बाट उनले अन्तर्राष्ट्रिय अम्पायर क्रिकेट करिअर सुरुवात गरेका थिए । नेपालले पहिलो पटक २०१० मा डिभिजन फाइभको उपाधि जित्दा उनी रिजरर्भ अम्पायर थिए ।
पछिल्लो पटक गुरुङले नेपालबाट अन्तर्राष्ट्रिय अम्पायरको रुपमा उनले २०१९ मा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन, २०२१ मा टियुमा भएको मलेसिया र नेदरल्यान्ड्सँगको त्रिकोणात्मक टि२० आई सिरिजमा अम्पायरिङ गरेका थिए । त्यस्तै गतवर्ष नेपाली महिला टोलीले युगान्डासँग पाँच महिला टि२० आई खेलको सिरिज टियुमा खेल्दा उनी अम्पायर थिए ।
घरेलु क्रिकेटमा नियमित अम्पायर र म्याच रेफ्रीको काम गर्दै आएका छन् । रुपन्देही जिल्ला क्रिकेट संघका सचिव समेत रहेका छन् । रुपन्देहीलाई देशकै उदाहरणीय र ब्यस्त क्रिकेट जिल्ला बनाउन उनको कार्यशैली पनि निकै महत्वपूर्ण छ ।
भैरहवाका ५३ वर्षीय गुरुङले २०५३ सालदेखी रुपन्देही जिल्ला क्रिकेट संघमा रहेर निरन्तर सक्रिय रुपमा काम गर्दै आएका छन् । गुरुङ स्पष्ट ब्यक्तिको रुपमा समेत चिनिन्छन्
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]