default_image

9 years ago

January 6, 2017

मुन्रोको शतकमा न्युजिल्याण्डले बंगलादेशलाई हरायो

164 views

0 Bookmark

एजेन्सी – बंगलादेश बिरुद्ध ४७ रनको जीतमा मुख्य भूमिका निर्वाह गरेका न्युजिल्याण्डका ब्याट्सम्यान कोलिन मुन्रो टि-२० क्रीकेटमा शतक प्रहार गर्ने न्युजिल्याण्डका तेस्रो खेलाडी बनेका छन ।

New Zealand v Bangladesh - 2nd T20

टस जितेर पहिले बलिङ रोजेको बंगलादेशले १९६ रनको लक्ष्य पाएको थियो । कुनै रन नजोड्दै इनिङ्सको पहिलो बलमा विकेट गुमाएको न्युजिल्याण्ड मुन्रोको १०१ रन र ब्रुसको ५९ रनको योगदानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १९५ रन जोड्न सफल भएको थियो । मुन्रोले बिष्फोटक  ब्याटिङ गर्दै ७ चौका र ६ छक्काको मद्धतले ५२ बलमा आफ्नु शतक पुरा गरेका थिए ।

जवाफमा बंगलादेशले १८-१ ओभर खेल्दै सबै विकेट गुमाएर १४८ रन जोड्यो । बंगलादेशकलागि सब्बिर रह्मानले ४८ र शोम्य सरकारले ३९ रन जोडेका थिए ।

तीन खेलको टि-२० श्रृंखलामा लगातर दोस्रो जित हात पार्दै न्युजिल्याण्डले सिरिज आफ्नो नाममा पारेको छ । टि-२० अन्तर्गतको तेसो तथा अन्तिम खेल जनवरी ८ मा हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.