9 years ago
January 6, 2017
एजेन्सी – पहिलो इनिङमा अष्ट्रेलियाको सिडनी क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका थिए । त्यस्तै अष्ट्रेलियाको दोस्रो इनिङमा अर्धशतक प्रहार गर्दै उनले आफ्नो नाममा अर्को कीर्तिमान बनाएका छन ।

२३ बलमा आफ्नो अर्धशतक पुरा गरेका वार्नर सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने अष्ट्रेलियन ब्याट्सम्यान बनेका छन । उनले १९७८ मा वेष्ट इण्डिजबिरुद्ध ब्रुस यार्डले बनाएको २९ बलमा अर्धशतकीय पारिलाई पछि पारे । ८ चौका र ३ छक्का प्रहार गर्दै वार्नर ५५ रन बनाएर आउट भएका थिए ।
पाकिस्तानका मिस्बाह उल हकले २०१४ मा अष्ट्रेलियाविरुद्ध २१ बलमा बनाएको अर्धशतक पछी यो सबैभन्दा कम बलमा बनाएको दोस्रो अर्धशतक हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]