1 year ago
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो तीन महिनामा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट स्तरमा सानदार प्रदर्शन गरेको छ । नेपालले असम्भव जस्तै देखिएको ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा स्थान हुँदै एसिया कपमा पुगेको छ । नेपालले सानदार प्रदर्शन गरि रहँदा नेपाल क्रिकेट संघ (क्यान) को सामाजिक सञ्जालमा पनि त्यतिनै परिवर्तन देखिन्छ ।
पछिल्लो समय क्यानको सामाजिक सञ्जालहरुमा स्तरिय कन्टेन्ट (सामग्री), पोस्ट र भिडियोहरु देख्न पाइन्छ । जुन पहिला देखिदैन थियो । क्यानको फेसबुक पेज, युटुब, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालहरुमा एउटा राम्रो माहोल बन्दै गएको छ । दर्शकले कहिल्यै हेर्न नपाउने टिमभित्रका भिडियोहरु पनि आम जमानसमा देखिएको छ ।
क्यानको सामाजिक सञ्जालबाट दर्शकहरुले ड्रेसिङ रुम, खेलाडी, टिम लगायतका भित्रीकुराहरु नजिकबाट हेर्न पाएका छन् । क्यानले आफ्नो सामाजिक सञ्जाल प्रयोगको जिम्मा माकुरा क्रिएसन्सलाई दिएको छ । माकुराको आगमनले क्यानको सामाजिक सञ्जालको मुहारनै परिवर्तन भएको छ ।
‘क्यानको सामाजिक सञ्जाल हेर्न हामी ८/१० जनाको टोली छौं । हामी आउनु अघि क्यानको आफ्नो युट्युब च्यानल थिएन, त्यो बनायौं । टिकटक बनाउँदै भेरिफाइ समेत गर्यौं । फेसकुबलाई पनि त्यसरी नै विकास गर्दै लग्यौं । क्यानले हामीलाई एक सेट क्यामेरा प्रदान गरेको छ । त्यो बाहेक अन्य सबै स्रोत क्यानलाई माकुराले नै दिएको छ’, माकुराका प्रमुख स्वागत भेटुवालले हाम्रो खेलकुदसँग भने ।
माकुरा क्यानमा आउनुको मुख्य कारण कम्पनीको ब्रान्डिङ रहेको उनी बताउँछन् । ‘हामी क्यानमा आउनुको मुख्य कारण एउटा एक्सपोजर हो । यसबाट कम्पनीको राम्रो ब्रान्डिङ गर्न सक्छौं । अर्को भने आर्थिक पाटो, जुन समयसँगै बढ्दै जानेछ’, उनले भने ।
नेपालले एसिसी प्रिमियर कप अघि ओमानसँग टियु क्रिकेट मैदानमा ओमानसँग अभ्यास खेल खेलेको थियो । यसअघि नेपालले खेल्ने अभ्यास खेलको प्रत्यक्ष प्रसारण नेपालमा हुने गरेको थिएन । उक्त खेल माकुराले नै प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको थियो । भेटुवाल समर्थकलाई आवश्यक पर्ने कन्टेन्ट दिनुपर्ने बताउँछन् ।
‘पहिला के थियो हामीलाई थाहा छैन । अब हामी आएपछि के छ भन्ने थाहा छ । हामीले अब दर्शकले पाउन योग्य कन्टेन्ट दिनुपर्छ । हामी बजार र दर्शक दुवै हेरेर काम गरेका छौं । बजार हेरेर त्यसबाट आर्थिक आर्जन गर्नुपर्छ, माकुरा पनि चल्नुपर्यो । यति धेरै लगानी गरेपछि आउनेपनि त्यहिबाट हो । क्रिकेटले यतिराम्रो गरि रहँदा दर्शकले डिजिटलरुपमा पनि त्यो स्तरको कन्टेन्ट पाउनु पनि पर्यो’, उनले भने ।
नेपालमा आर्थिक बजार निकै सानो छ । त्यसमा पनि खेलकुदमा लगानी गर्न बजारका संस्था र व्यवसायी अझैपनि नाक खुम्च्याउने गरेका छन् । अझ डिजिटल क्षेत्रमा आर्थिक प्रायोजन पाउन कठिन पर्छ । अन्य मिडियाझैं माकुरालाई यो कार्य गर्न सहज छैन । भेटुवाल पनि यो स्वीकार गर्दछन् ।
‘क्रिकेटमा लगानी गर्ने भनेको अहिले पनि पुरानै हिसाबले चलेको छ । मान्छेहरु अफलाइनमा अथवा पेरिमिटरमा विज्ञापन दिन तयार हुन्छन् । तर त्यहिँ कुरा डिजिटलमा धेरै भ्युज हुँदा पनि पाइरहेको अवस्था छैन । पहिला क्वालिटीहरुको कुरा पनि थियो होला । हामीले नयाँ तरिकाले अघि बढ्दा सायद निजी क्षेत्रलाई पनि आर्कषित गर्छ होला’, त्यसैमा उनले थपे, ‘डिजिटलमा रहेर वहाँहरुले त्यस्को महत्व नबुझ्नु भएको होला । अब हामी आएपछि दर्शकसामु राम्रो पहुँच छ । टिकट, युट्युब लगयात सबैको तथ्यांक सार्वजनिक गछौं ।’
उनी आफूहरु लगानी गरेको र क्यानले प्लेटफर्म दिएको र त्यसबाट हुने आर्थिक आम्दानीमा केहि बाँड्ने सम्झौता रहेको बताए । ‘हामीले यसमा लगानी गरेका छौं । क्यानले हामीलाई प्लेटफर्म प्रदान गर्दछ । आर्थिक पाटोमा क्यान र हामीबीच एक किसिमको सम्झौता छ’, उनले भने ।
सिनियर पुरुष टोलीको खेलमा राम्रो दर्शक छन् र कन्टेन्ट लोकप्रिय छ । तर महिला राष्ट्रिय टोली, घरेलु क्रिकेट र उमेर समूहमा भने सोहि अनुसार दर्शकको आकर्षण छैन । माकुरालाई उमेर समूह र महिला क्रिकेटमा काम गर्न भने पक्कै सहज हुने देखिदैन ।
भेटुवाल सिनियर टोलीमात्रै क्रिकेट र अरु होईन भन्न नमिल्ने बताउँछन् । ‘हामीले कसरी सोचेका छौं भने क्रिकेट भनेको सिनियर टिममात्रै र अरु क्रिकेट होईन भन्न मिल्दैन । हामीले डिजिटल रुपमा सबैलाई समान रुपमा देखाउनुपर्ने हुन्छ । वहाँहरुकोमा क्रेज कम नै हुन्छ । निजीक्षेत्रको आकर्षण पनि पक्कै पनि कम हुन्छ । त्यसलाई हामी सिनियर टोलीको प्रदर्शनबाट उठाएर समग्र क्षेत्र समट्ने योजना बनाएका छौं । वहाँहरुलाई पनि पछि छाड्दैनौं । सिनियरलाई जतिनै महत्व दिने भन्ने सोच राखेका छौं’, उनले भने ।
माकुरा क्रियसन्स सन् २०१३ मा स्थापना भएको संस्था हो । यसले सुरुवाती दिनहरुमा सफ्टवेर विकासबाट अघि बढेको थियो । समयसँगै मोबाइल एप निर्माण लगायतका काम गर्दै आएको माकुरासँग एभरेष्ट प्रिमियर लिगमा काम गरेको अनुभव छ । माकुरा क्यानको एप र वेबसाइट निर्माणको अन्तिम चरणमा रहेको छ ।
नेपालको चर्चित नेपाली क्रिकेट समर्थक समाजका केन्द्रिय सदस्य तारा पाठकले क्यानको सामाजिक सञ्जालमा तारिफ योग्य परिवर्तन आएको बताउँछन् । ‘अहिले त एकदमै राम्रो भएको छ । पहिला त्यस्तो थिएन । सानो तिना खेल र गतिविधीहरुको पनि पोष्ट आई राखेको हुन्छ । नेपालको खेलको दिन त झन धेरै आउँछ । लेखाई पनि एकदमै राम्रो छ । फोटो पनि त्यतिनै स्तरिय छन् । आधिकारीक पेज हुँदा विश्वास पनि बढी हुन्छ । अहिलेको सुधारलाई त म खुलेर तारिफ गर्छु’, पाठकले भने ।
क्यानले माकुरासँग सुरुवाती समय तीन वर्षको सम्झौता गरेको छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक पनि माकुराको कामबाट एकदमै खुसी रहेको बताउँछन् ।
‘व्यावसायिक तरिकाले चलाइरहेका छौं । पहिला कन्टेन्टहरु धेरै थिएन । माकुरासँग काम गरेपछि कन्टेन्टहरु पनि बढेको छ । माकुराले दर्शकले खोज्ने कुरा के हो भनेर काम गर्दा एउटा माहोल बनेको छ । त्यसले गर्दा सामाजिक सञ्जालमा प्रतिक्रिया पनि राम्रो छ । दर्शकसम्म पहुँच पनि राम्रो भएको छ । म व्यक्तिगत रुपमा पनि एकदमै खुसी छु’, पाठकले भने ।
माकुरालाई अहिले एजेन्सीको रुपमा लिएको बताउँछन् । ‘हामीले माकुरालाई एजेन्सीको रुपमा लिएका छौं । लगानी पनि गर्न पर्यो । सबै हामीले एकैपटक आफैं गर्छौं भन्ने पनि छैन । उनीहरु आएपछि हामीलाई आर्थिक भार र जनशक्तिमा भार नपर्ने भएको छ । माकुरासँग हामीले तीन वर्षको सम्झौता गरेका छौं । समझदारीमा हामी लामो पनि जाने विकल्प छ । आर्थिक पाटोमा यसबाट आउने नाफा हामी बाँड्ने गर्दछौं’, पाठकले भने ।
माकुराले एउटा टिम र लगानीका साथ ठूलै आर्थिक खर्च गरेर काम गरेको छ । तर क्यानमा आएको केहि सेकेन्डमा अन्यले त्यस कन्टेन्टलाई कपी गरेर टिकटक, युटुब र फेसबुकमा सार्वजनिक गर्दछन् । टिकटकमा लाइभ गर्दा कपिराइटको उजुरी गर्ने हुँदा झनै झन्झट खेप्नुपरेको छ । अनुमति बिनानै सामग्री चोरी र जथाभावी मनलाग्दी प्रयोग नेपाली सामाजिक सञ्जालकै ठूलो समस्या हुन् । माकुरा पनि त्यस समस्याबाट अछुतो छैन ।
‘नयाँ सामग्रीमा टिकटकभर कपिराइट हाल्दिने । अनुमतिबिनानै सामग्री चलाइदिने । यो क्यानको मात्रै भएको भए सरकारी संस्था हो, राख्न समस्या थिएन । तर यो सबै निर्माणमा माकुराको १० जनाको टोली छ । सबै जनालाई तलब दिने माकुराले हो । भोलीका दिनमा माकुरानै रहेन भने क्यानको डिजिटल त्यही अनुसार नहोला । हामीले नयाँ राख्यौं भने पो निजी क्षेत्रले यहाँ लगानी गरेर फाइदा बढी हुन्छ भनेर आउने हो’, स्वागतले भने ।
October 9, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]
October 9, 2024
एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि काथरेनी […]
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना हुने १९औं द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपालको मुख्य टोली अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि पठाइने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘हाम्रो मुख्य टोली त्यस समयमा अमेरिकामा हुने विश्वकप […]