9 years ago
January 6, 2017
नयाँ दिल्ली (एजेन्सी)– युवराज सिंहले यसै महिना इङ्ल्यान्डविरुद्ध हुने श्र्रखंलाका लागि भारतीय क्रिकेटको एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीमा पुनरागमन गर्ने भएका छन् ।

त्यस्तै एक दिवसिय र टि ट्वान्टी दुवै पद्धतीमा भारतीय टोलीको कप्तान विराट कोहली चयन भएका छन् । महेन्द्र सिंह धोनीले बुधबार दुवै एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीको पदबाट राजीनामा दिएपछि पद खाली थियो । धोनी दुवै टोलमिा यथावत रहेका छन् । टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्यास लिएपछि कोहलीलाई टेस्टको टोलीको कप्तान बनाइएइको थियो ।
विकेट किपर ब्याट्सम्यान रिसव पन्त टि ट्वान्टी क्रिकेट टोलीमा समेटिएका छन् । रणजी ट्रफीमा ८१ को औसतमा ९ सय ७२ रन बनाएका पन्त पहिलो पटक अन्तर्राष्ट्रिय श्रृखंलाका लागि टोलीमा समेटिएका हुन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का एक अधिकारीले पन्तलाई धोनीको उत्तराधिकारीका रुपमा लिएको बताएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]