default_image

3 years ago

May 22, 2023

कोहलीको कीर्तिमानी शतकका बाबजुद बेंगलोर बाहिरियो

174 views

0 Bookmark

एजेन्सी – विराट कोहलीको कीर्तिमानी शतकका बाबजुद रोयल च्यान्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम खेलमा गुजरात टाइटन्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिएको छ । बेंगलोर बाहिरिदा मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएको छ ।

जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा शुभमन गिल ५२ बलमा ५ चौका र ८ छक्कासहित १ सय ४ रनमा नटआउट रहे । गिलको यो लगातार दोस्रो शतक हो । गिलले यसअघि सनराइजर्स हैदराबादविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

विजय शंकर ३५ बलमा ७ चौका र २ छक्कासहित ५३ रनमा आउट भए । ओपनर ऋद्धिमान शाह १२ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि विजय शंकर र गिलले ७१ बलमा १ सय २३ रनको शतकीय साझेदारी गरेका थिए ।

दासुन शनका डक र डेविड मिलर ६ रनमा आउट भए । राहुल टेवाटिया ४ रनमा नटआउट रहे । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जियकुमार वैश्यक र हर्षल पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । बेंगलोरका विराट कोहलीले ६१ बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक १ सय १ रनमा नट आउट रहे । कोहली योसँगै आइपिएलमा सर्वाधिक ७ शतक प्रहार गर्ने ब्याटर बनेका छन् ।

उनीपछि क्रिस गेलले ६ र जस बटलरले ५ शतक प्रहार गरेका छन् । कोहलीको यो लगातार दोस्रो शतक समेत हो । तर बेंगलोर बाहिरिन पुग्यो । फाफ डु प्लेसिस १९ बलमा ५ चौकासहित २८, ग्लेन म्याक्सवेल ११ र माइकल ब्रेसवेल २६ रनमा आउट भए ।

अनुज रावत १५ बलमा १ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे । गुजरातका नुर अहमदले ४ ओभरमाा ३९ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, यश दयाल र राशिद खानले समान एक विकेट लिए ।

गुजरात १४ खेलमा १० मा जित र ४ मा हारसहित २० अंकका साथ शीर्षस्थानमा रह्यो । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रह्यो । लखनऊ १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा रह्यो । मुम्बई इन्डियन्स १४ खेलमा ८ मा जित र ६ मा हारसहित १६ अंकका साथ चौथो स्थानमा रह्यो ।

मंगलबार पहिलो क्वालिफायर चेन्नई र गुजरातबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो एलिमिनेटर खेलमा लखनऊ र मुम्बईबीच बुधबार प्रतिस्पर्धा हुनेछ । शुक्रबार दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.