3 years ago
May 23, 2023
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । घरेलु मैदान चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । ऋतुराज गायकवाडले ब्यक्तिगत दुई रनमै सुरुवातमै जीवनदान पाएका थिए । सुरुवातमै तीव्र गतिका बलर दर्शन नालकंडेको बलमा क्याच आउट भएपनि नो बलको कारण जीवनदान पाएका थिए ।
पहिलो विकेटका लागि ऋतुराज र डेभन कन्वेले १०.३ ओभरमा ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर मोहित शर्माको बलमा टप एज लागेर ऋतुराज डेविड मिलरबाट क्याच आउट भए । नूर अहमदको बलमा शिवम दुबे १ रनमा बोल्ड आउट भएपछि चेन्नई केहि दबाबमा परेको थियो ।
अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमै क्याच आउट भए । रविन्द्र जडेजा १६ बलमा २ चौकासहित २२ रनमा शामीको बलमा बोल्ड भए । मोईन अली ४ बलमा १ छक्कासहित ९ रनमा नटआउट रहे । डेभन कन्वेले ३४ बलमा ४ चौकासहित ४० रन बनाए ।
गुजरातका मोहित शर्माले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । नुर अहमदले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । राशिद खानले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।
मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।दर्शन नालकंडेको नाममा एक विकेट रह्यो । यस खेलको विजेता टोली सोझै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]