3 years ago
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका विकेटकिर सुरज कुमार आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटको लागि ओमानको टोलीमा परेका छन् । ओमानले अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोटको लागि १७ सदस्य टोली घोषणा गरेको छ ।

ओमानको टोलीमा उनी २०२२ जुनपछि टोलीमा फर्किएका हुन् । ३४ वर्षीय सुरजले ओमानबाट २२ ओडिआई र १९ टि२० आई खेल खेलेका छन् । सुरज आइसिसी विश्वकप लिग २ २०२० को क्रममा नेपाल भ्रमणमा आएका थिए । विकेटकिपर सुरजले तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।
ओमानले टोलीमा तीन विकेटकिपर सुरज, नसिम खुशी र अदिल शफिकलाई टोलीमा राखेको छ । खुशी र शफिक अघिल्लो महिना नेपाल भ्रमणमा ओमानको टोलीमा थिए । ओमान क्रिकेटका अनुसार दुई विकेटकिपरले मात्रै अन्तिम १५ मा स्थान पाउनेछन् ।
ओमानले टोलीमा लेग स्पिनर स्यामी श्रीभात्सव र अलराउन्डर रफिउल्लाहलाई समेटेको छ । ओमानले टोलीमा अन्य परिवर्तन भने गरेको छैन । अघिल्लो महिना एसिसी प्रिमियर कपको क्रममा घाइते भएका अकिब एलियास फिट भएका छन् । प्रतियोगिता जुन १८ देखि जुलाई ८ सम्म जिम्बावेमा हुनेछ । ओमान, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड र युएई समूह बी मा छन् ।

समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन् । फाइनलमा पुग्ने दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । हरेक समूह चरणबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नुको साथै विश्वकपमा पुग्नेछन् ।
ओमानको १७ सदस्य टोली :
जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जतिन्दरसिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, सन्दीप गौड, आयन खान, सुरज कुमार, अदिल शफिक, नसिम खुशी, बिलाल खान, कलिमुल्लाह, फयाज बट, जय ओडेरा, स्यामी श्रीभात्सव र रफिउल्लाह ।
सुरजको पूरा क्रिकेट जीवनी :
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]