default_image

9 years ago

January 7, 2017

डीपीएल अक्सन सम्पन्न; ४७ लाख बराबरको बोलि लाग्यो

128 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – धनगडी प्रिमिएर लिग (डीपिएल) अन्तर्गत आज भएको अक्सन मा ४६ लाख ८५ हजार रुपैयाँ बराबरको खेलाडी किनबेच भएको छ।

img_20170107_090822

छ टोलीले अधिकतम आठ लाख पचार हजार सम्म खर्च गर्न पाउने प्रावधान रहेकोमा बिनोद भण्डारीको कप्तानीमा रहेको कंचनपुर आइकोनिकले सर्वाधिक आठ लाख खर्चेको छ भने शरद भेषवाकर कप्तान रहेका बिराटनगर किंग्सले मात्र सात लाख रुपैयाँ खर्चियो। सबै टोलीका कप्तानलाइ एक लाख पचास हजार रुपैयाँ तोकिएको थियो भने कप्तानको जिम्मा यसअघीनै एक समारोहबीच तय गरिएको थियो।

कप्तान बाहेकका सबैभन्दा महंग खेलाडीमा अधिकतम एक लाख रुपैयाँ पारिश्रमिक दिने नियम बनाईएको थियो। आयोजकले कुल २१७ खेलाडी मध्य पांच विधामा खेलाडीहरुलाई बाँढेका थिए। सोहि अनुसार खेलाडीहरुको बोलि लागेको थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.