9 years ago
January 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी चैत्र ५ गतेबाट सुरु हुने धनगढी प्रिमिएर लिगको अक्सन आज एक समारोहबीच समापन भयो। उक्त कार्यक्रममा छ ओटै टोलीले आफ्नो टोलीका लागि १५/१५ खेलाडीको छनोट गरेका थिए।

हेरौं डिपीएलमा खेल्ने सबैभन्दा महँगा खेलाडीहरु कोको छन्:
सबै टोलीका कप्तानले रु. एक लाख पचास हजार प्राप्त गर्ने प्रावधान थियो भने अन्य खेलाडीको विधा अनुसार अधिकतम रकम तोकिएको थियो।
कप्तानहरू – रु. एक लाख पचास हजार – पारस खड्का (टिम चौराहा), ज्ञानेन्द्र मल्ल (सिवाइसी अत्तरिया), शरद भेषवाकर (बिराटनगर किंग्स), बिनोद भण्डारी (कंचनपुर आइकोनिक), शक्ति गौचन (रुपन्देही च्यालेंजर्स) र बसन्त रेग्मी (कान्तिपुर गोल्डेन्स)
रु. एक लाख – सागर पुन (कंचनपुर आईकोनिक), मेह्बूब आलम (सिवाइसी अत्तरिया), सोमपाल कामी (काठमाडौँ गोल्डेन्स), कारण केसी (सिवाइसी अत्तरिया)
रु.९५,००० – नरेश बुढाएर (काठमाडौँ गोल्डेन्स)
रु. ९०,००० – प्रदिप एरि (सिवाइसी अत्तरिया), पृथु बास्कोटा (टिम चौराहा)
रु. ८०,००० – सुबाश खकुरेल (रुपन्देही च्यालेंजर्स), दिपेन्द्र सिंह ऐरी (बिराटनगर किंग्स), भुवन कार्की (काठमाडौँ गोल्डेन्स), भुवन कार्की (काठमाडौँ गोल्डेन्स), अविनाश कर्ण (कंचनपुर आइकोनिक), राजेश पुलामी मगर (रुपन्देही च्यालेंजर्स), सुनिल धमला (कंचनपुर आइकोनिक), आरिफ शेख (टिम चौराहा), सन्दिप सुनार (सिवाइसी अत्तरिया), बिक्रम सोब (रुपन्देही च्यालेंजर्स), सिद्धान्त लोहनी (कंचनपुर आइकोनिक)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]