default_image

3 years ago

May 30, 2023

मोन्टी र सन्दीप नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने

643 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक मोन्टी देशाई र स्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीसँग आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि अन्तिम तयारी गर्न दक्षिण अफ्रिका नजाने भएका छन् । नेपाली क्रिकेट टोली आज राती साढे दुई बजे दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ ।

फाइल तस्विर

नेपालका प्रमुख स्पिनर सन्दीप बलात्कार आरोपको पेशी र मोन्टी भिसाको कारण टोलीसँग नजाने भएका हुन् । सन्दीप दक्षिण अफ्रिका जाने सम्भावना निकै कम छ । मोन्टी भिसा प्राप्त भएपछि जानेछन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको अन्तिम फैसला नआएसम्म विदेश भ्रमणमा नपठाउने बताएका छन् । ‘सन्दीपको एक हप्तापछि पेशी छ । त्यसैले जाने आउने कुरा भएन । पेशी एक हप्तापछि राखेको हुँदा आउने जाने गाह्रो हुन्छ । पेशीमा उनी आफैं उपस्थित हुनुपर्छ भन्नेछ । सन्दीपको एक हप्तामा फैसला आएमा पठाउँछौं । नत्र पठाउँदैनौं’, पाठकले हाम्रो खेलकुदसँग भने ।

उता मुख्य प्रशिक्षक मोन्टी अमेरिका गएका थिए । तर भिसा नलागेपछि उनी आज राती भारत पुग्ने बताइएको छ । त्यसैको कारण उनी पनि टोलीमा हुने छैनन् । पाठकले हाम्रो खेलकुदसँग भने, ‘मोन्टीको अमेरिकाबाट भिसा रिजेक्ट भएछ । उनी अमेरिकाबाट आज राती भारत पुग्नेछन् । भारतबाट पुन अप्लाई गर्ने कुरा छ । मोन्टी भिसा आउने बितिक्कै जान्छन्।’ नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ ।

नेपाली टोली दक्षिण अफ्रिकाबाट जेठ १८ गते जिम्बावे जानेछ । त्यसको एक दिनपछि नेपालले युएईसँग वार्मअप खेल खेल्नेछ ।नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ । एक हप्ताको तयारीपछि नेपाल जेठ २८ गते जिम्बावे लाग्नेछ ।

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने कार्यक्रम छ । नेपालले विश्वकप छनोट अघि खेल्ने चारै वार्मअप खेल एसोसिएट टोलीविरुद्ध हुनेछन् । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.