default_image

3 years ago

June 1, 2023

लगातार दोस्रो जितको सोचमा नेपाल

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो महिला टि२० आई खेलमा आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८: ४५ मा सुरु हुनेछ । पाँच खेलको महिला टि२० आई सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।

नेपाल लगातार दोस्रो जितका साथ सिरिजमा अग्रता लिन चाहन्छ । नेपालले काजोल श्रेष्ठ र ज्योति पाण्डे मध्य एकलाई बेन्चमा राखेर अप्सरी बेगमलाई मौका दिनसक्छ । काजोल र ज्योति दुबै ओपनर भएपनि दोस्रो खेलमा ब्याटिङको अवसर पाएका थिएनन् । ओपनरमा नेपालले कविता कुँवर र सीता रानामगरलाई गराएको थियो । कविताले २६ र सीताले २३ रन जोडेकी थिइन् । त्यसैले यी जोडीलाई नै निरन्तरता दिने देखिन्छ ।

टोलीमा अन्य परिवर्तनको सम्भावना भने छैन । मध्यक्रममा इन्दु बर्मा, सम्झना खड्का र रुविना क्षेत्री बेलबासे हुनेछन् । रुविनाले दोस्रो खेलमा २९ रन जोडेकी थिइन् । सीता र रुविना टोलीका प्रमुख ब्याटर हुन् । बलरमा अश्मिना कर्माचार्य र कविता कुँवर हुनेछन् ।

उता मलेसिया तीव्र गतिकी बलर ऐश्या एलिसाले लगातार राम्रो गर्दै आएकी छिन् । कप्तान मास एलिसाले पछिल्लो खेलमा नेपालविरुद्ध सर्वाधिक २८ रन जोडेकी थिइन् । एलिसा, वान जुलिया र विनीफ्रेन्ड मलेसिया प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा अल आउट गर्न सके नेपाल खेलमा हाबी हुनसक्छ ।

नेपाल र मलेसियाबीच कुल ५ महिला टि२० आई खेल भएका छन् । नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.