default_image

3 years ago

June 7, 2023

कर्णाली इतिहासकै पहिलो पटक फाइनलमा

536 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले जनकपुरमा जारी महेन्द्र नारायण निधी टि२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई तीन रनले हराउँदै इतिहासमै पहिलो पटक फाइनलमा स्थान बनाएको छ ।

कणार्ली आफ्नो क्रिकेट इतिहासमा सिनियर टोलीले खेलेको कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो । यसअघि गतवर्ष कर्णालीको यू-१९ महिला टोलीले धनगढीमा सम्पन्न यू१९ राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्दै गण्डकीसँग पराजित भएको थियो । त्यो नै कर्णालीले खेलेको कुनैपनि प्रतियोगिता पहिलो फाइनल थियो ।

सन् २०१८ देखि नेपालको राष्ट्रिय प्रतियोगिता खेल्दै आएको कर्णाली प्रधानमन्त्री कपमा समूह चरणबाटनै बाहिरिँदै आएको थियो । तर पछिल्लो समय कर्णालीले प्रधानमन्त्री कपमा पनि राम्रो प्रभाव छाड्दै आएको छ । कर्णालीको यसअघि नेपालका खेलेको कुनैपनि प्रतियोगिता फाइनलमा स्थान बनाउन सकेको थिएन ।

कर्णाली पहिलो खेलमा गण्डकीसँग ९५ रनले पराजित भएको थियो । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४५ रनमा अल आउट भएको थियो । तर त्यसपछि कर्णालीले सानदार पूनरागमन गर्दै इतिहास रचेको हो ।

७ प्रदेश सहभागी प्रतियोगितामा सिंगल राउन्ड रोविनको आधारमा भएको छ । कर्णालीले त्यसपछि लगातार पाँच खेल जित्दै फाइनलमा स्थान बनाएकोे हो । कर्णालीले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ३३ रन, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २६ रन, मधेश प्रदेशलाई एक विकेट र कोशी प्रदेशलाई ७ रनले हराएको थियो ।

जितको लागि १ सय २० रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा १ सय १६ रनमा अल आउट भयो । बागमती प्रदेशका गौतम केसीले १६ बलमा २ चौका र ३ छक्कासहित ३२ रन जोडे ।

बागमतीलाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । प्रकाश जैसीले पहिलो बलमा दुई र दोस्रो बलमा गौतमलाई बोल्ड गर्दै जिततर्फ अघि बढाएका थिए । तेस्रो बल तिलकलाई डट र चौथो बलमा एक रन दिए ।

रिजन ढकालले पाँचौं बलमा चौका प्रहार गरे । अन्तिम बलमा चौका बागमतीलाई जितको लागि चाहिँएको थियो । अन्तिम बलमा रिजनलाई बोल्ड गर्दै प्रकाशले इतिहास रचेका थिए ।

रित गौतम ३८ बलमा २ छक्कासहित ३३ र इशान पाण्डे डक आउट भए । कर्णालीको जितमा हिरो बनेका प्रकाश जैसीले २ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । दीनेश अधिकारीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । दिवान पुन, युनिस सिंह र अनुज चनाराले एक एक विकेट लिए ।

त्यसअघि रामजानकी मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । कर्णालीका हिमान्शु शाही ४१ बलमा ४ चौकासहित ३९ रनको महत्वपूर्ण अविजित इनिङ खेले । प्रकाश जैशी ११ बलमा १ चौका र १ छक्कासहित १८ रनमा नटआउट रहे ।

कप्तान रविन्द्रजंग शाही २१ बलमा ३ चौकासहित १८, दीपेन्द्र रावत ४, निश्चल रावल ७, अर्जुन घर्ती ४ र विपिन रावल १३ रनमा आउट भए । बागमतीका कृजन गुरुङले सर्वाधिक दुई विकेट लिए । तिलक भण्डारी, गौतम केसी र दीपेश श्रेष्ठले समान एक विकेट लिए ।

कर्णाली ६ खेलमा ५ मा जित र १ मा हारसहित शीर्ष स्थानमा छ । मधेश ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ५ खेलमा ४ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । सुदूरले अन्तिम खेल बिहीबार कोशी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा सुदूर विजयी भएमा फाइनल खेल्नेछ । यदि सुदूर पराजित भएमा फाइनलमा शुक्रबार मधेशले प्रतिस्पर्धा गर्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.