default_image

3 years ago

June 8, 2023

नेपालले टस हार्यो

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध टस हारेको छ । खेलमा स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले केहि समयमा नै ब्याटिङ गर्न मैदान उत्रर्नेछ ।

आइसिसी विश्वकप एकदिवसीय छनोट अघि अन्तिम तयारीको लागि नेपाल र स्कटल्यान्ड दक्षिण अफ्रिकामा छन् । अन्तिम तयारीको लागि नेपाल दक्षिण अफ्रिकामा छ । वार्मअप खेल हुँदा नेपालले आफ्ना ब्याटर र बलर दुबैलाई राम्रोसँग प्रयोग गर्नसक्छ । टोलीमा भएका १६ जना मध्य नेपालले ११ भित्र कुनैपनि खेलाडीलाई ब्याटिङ गराउन सक्छ । बलिङ पनि नेपालले टोलीमा भएका कुनैपनि खेलाडीलाई गराउन सक्छ । यो वार्मअप खेल हुँदा कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन् । त्यसैले खेलमा प्लेइङ ११ भन्ने हुँदैन ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

स्कटल्यान्डको टोली :

रिची बेंरिंगटन ९कप्तान०, म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.