3 years ago
June 8, 2023
एजेन्सी – स्टिभ स्मिथ र ट्रविस हेडको सानदार शतकसँगै विशाल योगफल बनाएको अष्ट्रेलियाले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध हाबी बनेको छ ।

दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङ ३८ ओभरमा १५१-५ को अवस्थामा छ । भारतका केएस भरत ५ र अजिंक्या रहाणे २९ रनमा क्रिजमा छन् । भारतका लागि यी दुई ब्याटर अन्तिम आशा हुन् । तर भारत पहिलो इनिङमा अझै ३ सय १८ रनले पछिछ ।
दोस्रो दिनको अन्तिम समयमा रविन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । उनी स्पिनर नाथन लायनको बलमा स्टिभ स्मिथबाट क्याच आउट भए । खराब सुरुवात गरेको भारतलाई पाँचौं विकेटका लागि रहाणे र जडेजाले ७१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।
कप्तान प्याट कमिन्सले रोहित शर्मालाई छैटौं ओभरको अन्तिम बलमा १५ रनमा एलबीडब्लू आउट गरे । रोहितले २६ बलमा २ चौका प्रहार गरे । स्कट बोलान्डको बलमा शुभमन गिल १३ रनमा बोल्ड आउट भए ।
भारतका सर्वाधिक भरपर्दा ब्याटर चेतेश्वर पुजारा क्यामरन ग्रीनको बलमा १४ रनमै बोल्ड आउट हुन पुगे । मिचेल स्टार्कको बलमा विराट कोहली सेकेन्ड स्लिपमा स्मिथबाट १४ रनमा क्याच आउट भएपछि भारत ७१-४ को अवस्थामा पुगेको थियो ।

त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया दोस्रो दिन दोस्रो सेसनमा ४ सय ६९ रनमा अल आउट भयो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६३ रनको योगदान दिए ।
हेड मोहम्मद शिराजको बलमा लेग साइडको बलमा एज लागेर विकेटकिपर के एस भरतबाट क्याच आउट भए । स्टिभ स्मिथ २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रनमा आउट भए । स्मिथ शार्दुल ठाकुरको बलमा बोल्ड आउट भए ।
चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले विशाल योगफल तयार पारेको थियो ।
विकेटकिपर एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । उनी जडेजालाई छक्का हानेको अर्को बलमा रिभर स्वीप सट खेल्ने धुनमा एलबीडब्लू आउट भएका थिए । भारतले रिभ्यु लिँदै पेभेलिएन फर्काएको थियो । क्यामरन ग्रीन ६, मिचेल स्टार्क ९, प्याट कमिन्स र नाथन लायनले समान ९ रन बनाए ।

दोस्रो विकेटका लागि मार्नस लाबुसेन र डेविड वार्नरले ६९ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । पहिलो दिन भोजन अघि डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३ रनमा आउट हुन पुगेका थिए । वार्नर तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा एज लागेर विकेटकिपर भरतबाट नै समातिएका थिए ।
भोजन लगत्तै मार्नस लाबुसेन मोहम्मद शामीको बलमा २६ रनमा बोल्ड भएका थिए । भारतका मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । मोहम्मद शामी र शार्दुल ठाकुरले समान दुई विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]