default_image

9 years ago

January 9, 2017

क्यापिटल र हर्टल्यान्ड क्रिकेट उपाधिका लागि भिड्ने, सुवास र प्रेम सम्मानित

140 views

0 Bookmark

राकेश तिमल्सिना, चितवन – क्यापिटल कलेजले र काठमाडौंको हर्टल्यान्ड कलेजबीच चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

lalit-singh-bhandari

विशाल चोकस्थित नौं बिगाहा मैदानमा हर्टल्यान्डले साविक विजेता भरतपुरको ग्रेस वीरेन्द्रलाई १३ रनले र क्यापिटल कलेजले रामपुरको कृषि तथा वन विश्वविद्यालयलाई ६ विकेट हराउदै एकअर्कासँगको भेट पक्का गरेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको हर्टल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । हर्टल्यान्डका लागि पदम केसीले सर्वाधिक ४९ रन बनाए । ५८ बलमा उनले १ छक्का र ४ चौका प्रहार गरे । यज्ञमान कुमालले १९ रन जोडे ।

बलिङतर्फ वीरेन्द्रका प्रदीप ऐरी, ललित राजवंशी र करन केसीले समान २ विकेट लिए । १ सय १३ रनको विजय लक्ष्य पछ्यएको वीरेन्द्र १७.१ ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । हर्टल्यान्डका यज्ञमान र दिनेश आग्रीले समान ३ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका यज्ञमान म्यान अफ दी म्याच घोषित भए ।

अर्को खेलमा टस जितेर ब्याटिङ राजेको रामपुरले १९.२ ओभरमा अलआउट हुदै ६६ रनमा समेटियो । टोलीका सनम बुढाथोकीले १६ र अभिनव कुमार यादवले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ क्यापिटलका ललित सिंह भण्डारीले ४ र दिपेन्द्र ऐरीले २ विकेट लिए । ६७ रनको झिनो लक्ष्य पछ्याएको क्यापिटल कलेजले ६ ओभरमा ४ विकेट गुमाएर जित निकालेको हो । क्यापिटलको जितमा अमर सिंह रटौलाले १६ रन बनाए । ९ बल खेलेका उनले १ छक्का र २ चौका प्रहार गरे । क्यापिटलका ललित सिंह म्यान अफ द म्याच घोषित भए ।

यसैबीच, सेमिफाइनलका दौरान नेपाली राष्ट्रिय टोलीका विकेट किपर सुवास खकुरेल र यू १९ का पूर्व खेलाडी प्रेम तामाङलाई सम्मान गरिएको थियो । चौथो क्याची शिव पौडेल स्मृति कप २०७३ को फाइनल खेल माघ ६ गते हुनेछ । १२ टोली सहभागी प्रतियोगिताको प्रतियोगितालाई क्याची एजुकेशन कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.