default_image

3 years ago

June 17, 2023

जिम्बावेविरुद्ध नेपाल : हेड टु हेड

352 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

घरेलु टोली जिम्बावे नेपालमाथि जितका साथ सुरुवात गर्न चाहन्छ । उत्कृष्ट लयमा रहेको नेपाल जिम्बावेलाई स्तब्ध पार्दै सनसनी मच्चाउन चाहन्छ । तर टेस्ट टोलीविरुद्ध सहज भने हुनेछैन । जिम्बावेलाई हराउन नेपालले आफ्नो क्रिकेट इतिहासकै उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । नेपालले २०१८ मा जिम्बावेमा सम्पन्न आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई हराउँदै ओडिआई मान्यता पाएको थियो ।

नेपालले हालसम्म ५१ ओडिआई खेल खेलेको छ । नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओेडिआई खेल्दैछ । पछिल्लो पटक विश्वकप छनोटमा भएका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, ललितनारायण राजवंशी र आरिफ शेख अहिले पनि टोलीमा छन् ।

करण बाहेक अन्य ७ खेलाडीले जिम्बावेविरुद्ध खेल नै खेलेका थिए । स्पिनर सहयोगी आशामा नेपालले त्यस समय करणलाई बेन्चमा राखेर ललित राजवंशीलाई डेब्यू दिएको थियो । नेपाल र जिम्बावेबीच एक मात्रै लिष्ट ए अर्थात ५० ओभरको खेल भएको छ । २०१८ को विश्वकप छनोटमा जिम्बाबेले नेपाललाई १ सय १६ रनले हराएको थियो ।

क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८० रन बनाएको थियो । जिम्बावेका सिकन्दर राजाले ६६ बलमा ७ चौका र ९ छक्कासहित सर्वाधिक १ सय २३ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए ।

ब्रेन्डन टेलरले ९१ बलमा ७ चौका र १ छक्कासहित १ सय रन बनाएका थिए । नेपालका सोमपाल कामीले ८ ओभरमा ८२ रन खर्चेर २ विकेट लिएका थिए । बसन्त रेग्मीले १० ओभरमा ६९ रन खर्चेर २ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिएका थिए । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६४ रन बनाएको थियो । नेपालका आरिफ शेखले ५० र शरद भेषावकरले ५२ रन बनाएका थिए ।

नेपालले जिम्बावेसँग दुई टि२० आई खेल खेलेका छ । दुबै खेलमा पराजित भएको छ । २०१९ मा नेपाल, जिम्बावे र सिंगापुरबीच टि२० आई त्रिकोणात्मक सिरिज भएको थियो । सिंगापुरमा सम्पन्न उक्त टि२० आईमा नेपाल जिम्बावेसँग ५ विकेट र ४० रनले पराजित भएको थियो । टि२० आईबाट दीपेन्द्र, आरिफ, कुशल, सोमपाल, करण र सन्दीप अहिले टोलीमा छन् । नेपालले जिम्बावेसँग अन्य खेल भने खेलेको छैन ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.