default_image

2 years ago

June 21, 2023

बुमराहको भन्दा करणको उत्कृष्ट बलिङ सुरुवात

396 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह भन्दा नेपालका करण केसीले ओडिआई क्रिकेट इतिहासमा पावर प्लेमा उत्कृष्ट सुरुवात गरेका छन् । करणले आइसिसी विश्वकप छनोटमा मंगलबार अमेरिकाविरुद्ध सानदार बलिङ गर्नेक्रममा बुमराहको कीर्तिमानलाई पछि पारेका हुन् ।

करणले पावर प्लेमा ५ ओभर बलिङ गर्दै २ मेडनका साथ ७ रन खर्चेर ४ विकेट लिएका थिए । उक्त प्रदर्शन ओडिआई इतिहासमा बुमराहको भन्दा उत्कृष्ट सुरुवात हो ।

बुमराहले २०२२ मा इंग्ल्यान्डविरुद्ध पहिलो ओडिआईको पावर प्लेमा ५ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिएका थिए । करणको प्रदर्शन ओडिआईकै पावर प्लेमा दोस्रो उत्कृष्ट प्रदर्शन हो ।

ओडिआईमा सुरुवाती १० ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने कीर्तिमान अमेरिकाका तीव्र गतिका बलर अली खानको नाममा छ । अली खानले आइसिसी प्लेअफ क्वालिफायरमा दुई महिनाअघि जर्सीविरुद्ध ४ ओभरमा १२ रन खर्चेर ५ विकेट लिएका थिए ।

जर्सीविरुद्ध खेलाडीसँग झगडा गरेपछि अली खानले कारबाही स्वरुप एक डीमेरिट प्वाइन्ट पाएका थिए । त्यसैको कारण २४ महिनाभीत्र ४ डीमेरिट प्वाइन्टको भएपछि उनलाई दुई खेलमा प्रतिबन्ध लागेको थियो । वेस्टइन्डिज र नेपालसँगको खेल गुमाउन पुगेका थिए ।

करणको उत्कृष्ट बलिङको सहयोगमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । अमेरिकाले दिएको २ सय ७ रनको लक्ष्य नेपालले ४३ ओभरमै ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

करणले ८ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिएका थिए । तर आफ्नो नवौं ओभरमा भने उनले दुई छक्का र एक चौकासहित कुल १८ रन खर्चिन पुगेका थिए । जुन उनले सुरुवाती ८ ओभरमा खर्चेको कुल रन भन्दा पनि अझ बढी थियो । कारण ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिँदै खेलको प्लेयर अफ द म्याच चुनिए ।

नियमित तीव्र गतिका बलर सोमपाल कामी बायाँ हातको बुढी औलामा चोटका कारण खेलेका थिएनन् । करणले सिनियर खेलाडीको जिम्मेवारी लिँदै उत्कृष्ट प्रदर्शन गर्दा सोमपालको याद महसुस हुन दिएनन् । नेपालले तेस्रो खेल बिहीबार वेस्टइन्डिजसँग खेल्नेछ ।

यो पनि : रोहित भन्छन् – ‘अब वेस्ट इन्डिजलाई हराउन चाहन्छौं’

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.