2 years ago
June 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह भन्दा नेपालका करण केसीले ओडिआई क्रिकेट इतिहासमा पावर प्लेमा उत्कृष्ट सुरुवात गरेका छन् । करणले आइसिसी विश्वकप छनोटमा मंगलबार अमेरिकाविरुद्ध सानदार बलिङ गर्नेक्रममा बुमराहको कीर्तिमानलाई पछि पारेका हुन् ।

करणले पावर प्लेमा ५ ओभर बलिङ गर्दै २ मेडनका साथ ७ रन खर्चेर ४ विकेट लिएका थिए । उक्त प्रदर्शन ओडिआई इतिहासमा बुमराहको भन्दा उत्कृष्ट सुरुवात हो ।
बुमराहले २०२२ मा इंग्ल्यान्डविरुद्ध पहिलो ओडिआईको पावर प्लेमा ५ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिएका थिए । करणको प्रदर्शन ओडिआईकै पावर प्लेमा दोस्रो उत्कृष्ट प्रदर्शन हो ।
ओडिआईमा सुरुवाती १० ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने कीर्तिमान अमेरिकाका तीव्र गतिका बलर अली खानको नाममा छ । अली खानले आइसिसी प्लेअफ क्वालिफायरमा दुई महिनाअघि जर्सीविरुद्ध ४ ओभरमा १२ रन खर्चेर ५ विकेट लिएका थिए ।
जर्सीविरुद्ध खेलाडीसँग झगडा गरेपछि अली खानले कारबाही स्वरुप एक डीमेरिट प्वाइन्ट पाएका थिए । त्यसैको कारण २४ महिनाभीत्र ४ डीमेरिट प्वाइन्टको भएपछि उनलाई दुई खेलमा प्रतिबन्ध लागेको थियो । वेस्टइन्डिज र नेपालसँगको खेल गुमाउन पुगेका थिए ।

करणको उत्कृष्ट बलिङको सहयोगमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । अमेरिकाले दिएको २ सय ७ रनको लक्ष्य नेपालले ४३ ओभरमै ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
करणले ८ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिएका थिए । तर आफ्नो नवौं ओभरमा भने उनले दुई छक्का र एक चौकासहित कुल १८ रन खर्चिन पुगेका थिए । जुन उनले सुरुवाती ८ ओभरमा खर्चेको कुल रन भन्दा पनि अझ बढी थियो । कारण ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिँदै खेलको प्लेयर अफ द म्याच चुनिए ।
नियमित तीव्र गतिका बलर सोमपाल कामी बायाँ हातको बुढी औलामा चोटका कारण खेलेका थिएनन् । करणले सिनियर खेलाडीको जिम्मेवारी लिँदै उत्कृष्ट प्रदर्शन गर्दा सोमपालको याद महसुस हुन दिएनन् । नेपालले तेस्रो खेल बिहीबार वेस्टइन्डिजसँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]