default_image

2 years ago

June 22, 2023

नेपालले चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै

276 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १२ : १५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । नेपालको रोहित पौडेल र वेस्ट इन्डिजको शाई होपले कप्तानी गर्नेछन् । चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजमा विश्व स्तरिय टि२० ब्याटरको बाहुल्यता छ । वेस्ट इन्डिज नेपालमाथि रनको वर्षा गराउन चाहन्छ ।

तर पछिल्लो समय एसोसिएट क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै वेस्ट इन्डिजलाई स्तब्ध पार्न खोज्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो । नेपाल ओडिआई वरियतामा १४ औं र वेस्ट इन्डिज १० औं स्थानमा छ ।

वेस्ट इन्डिज सन् १९७५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो । त्यस्तै २०१२ र २०१६ को पनि टि२० विश्वकप उपाधि जितेको थियो । वेस्ट इन्डिजलाई दुई टि२० विश्वकप जिताउने कप्तान ड्यारेन स्यामी टोलीका मुख्य प्रशिक्षक छन् । उनी आफ्नो अनुभव युवा खेलाडीलाई दिँदै विश्वकपमा पुर्याउन चाहन्छन् ।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक हुन् । २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका थिए । मोन्टीलाई वेस्ट इन्डिजका ब्याटरको कमजोरी राम्रोसँग थाहाछ । त्यसैले मोन्टी आज निर्णायक बन्न सक्छन् ।

वेस्ट इन्डिजका शाई होप प्रमुख हतियार हुन् । ओडिआईका भरपर्दा ब्याटर होपले १ सय ९ ओडिआईमा १४ शतक र २२ अर्धशतकका साथ ४५ सय ४२ रन बनाएका छन् । विश्वकप छनोट खेल्ने ब्याटरमा सबैभन्दा बढी ओडिआई शतक हान्ने खेलाडी हुन् । उनी क्रिजमा धेरै समय टिकेको खण्डमा भने नेपालको जितको सम्भावना सकिनेछ ।

ओपनर कायल मेयर्स पहिलो खेलमा सस्तैमा आउट भएका थिए । उनी विष्फोटक ब्याटिङका लागि चर्चित छन् । बायाँ हाते मेयर्सले एकै ओभरमा खेललाई मोड्न सक्छन् । कायल मेयर्स, ब्रेन्डन किंग, जोनसन चाल्र्स, निकोलस पुरन र रोभम्यान पावेल जस्ता विश्वस्तरिय टि२० विशेष खेलाडी छन् । यी मध्य एक खेलाडी क्रिजमा टिकेको खण्डमा पनि नेपालको जित कठिन बन्ने पक्का छ ।

पुरन र पावेलको प्रदर्शन अझ महत्वपूर्ण हुनेछ । नेपालको डेथ ओभर कमजोर हुँदा यी दुई विष्फोटक ब्याटरले भरपूर्ण फाइदा उठाउन सक्छन् । यी दुबै चौका र छक्काको वर्षा गराउन सक्ने खेलाडी हुन् । वेस्ट इन्डिजको टोली नेपालविरुद्ध विष्फोटक ब्याटिङका साथ विशाल योगफल बनाउने सोचमा हुनेछ ।

जेसन होल्डर र रोश्टन चेश अलराउन्डरको रुपमा छन् । होल्डर विश्व स्तरिय अलराउन्डर हुन् । तीव्र गतिको बलरमा अल्जारी जोशेफ र किमो पल हुनेछन् । जोशेफ नेपाललाई घातक बन्नसक्छन् ।

उनले प्रतिघण्टा १ सय ५२ किलोमिटरको गतिमा बलिङ गर्ने खुबी राख्छन् । जुन हालसम्म नेपाली ब्याटरले सामना नगरेको गति हो । उनको बाउन्स र योर्करबाट नेपाल बच्नुपर्छ । मेयर्स र होल्डर पार्ट टाइम तीव्र गतिका बलर हुन् । यानिक कारिहा र अकिल हुसैन स्पिनर हुन् ।

वेस्ट इन्डिज नेपालविरुद्ध विष्फोटक शैलीमा मैदान उत्र्रन सक्छ । त्यो नै उनीहरुको कमजोरी बन्नसक्छ । आक्रामक ब्याटिङ गर्दा विकेट गुम्ने खतरा पनि त्यतिनै बढी हुन्छ ।

यता नेपालले टोलीमा कुनैपनि परिवर्तन गर्ने सम्भावना छैन । नेपाली ब्याटर संयमितका साथ खेल्नुपर्ने हुन्छ । ओपनर कुशल भुर्तेल राम्रो लयमा छन् । भुर्तेलले जिम्बावेसँग ९९ रनमा आउट भएका थिए । नेपाल ओपनर आसिफ शेख र कुशलबाट उत्कृष्ट सुरुवात चाहन्छ । जिम्बावेविरुद्ध यी दुई ब्याटरले १ सय ७१ रनको साझेदारी गरेका थिए ।


भीम सार्कीले अमेरिकाविरुद्ध ७७ रनको इनिङ खेलेका थिए । भीमको भूमिका एक तर्फबाट विकेट बचाएर खेल्ने हुनेछ । रोहित पौडेल र कुशल मल्ल नेपालका मध्यक्रमका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले तल्लोक्रम सम्हाल्नेछन् । सोमपाल कामी आज पनि नखेल्ने पक्का छ । उनी जिम्बावेसँगको खेलमा घाइते भएका थिए । सोमपाल नखेल्दा करण केसीमाथि जिम्मेवारी बढ्नेछ । अमेरिकाविरुद्ध सानदार प्रदर्शन गर्दै ४ विकेटक साथ प्लेयर अफ द म्याच चुनिएका थिए । उनीबाट नेपाल वेस्ट इन्डिजविरुद्ध त्यस्तै सुरुवात चाहन्छ । उनलाई गुलशन झाले साथ दिनेछन् ।

नेपालको स्पिनरमा ललित नारायण राजवंशी र सन्दीप लामिछाने हुनेछन् । ललितले नयाँ बलका साथ विकेट लिँदै आएका छन् । सन्दीप पछिल्ला दुई खेलमा विकेट विहीन छन् ।

नेपालका प्रमुख स्पिनर सन्दीपबाट नेपालको आशा उच्च छ । पार्ट टाइम स्पिनरमा कुशल मल्ल र दीपेन्द्र हुनेछन् । पार्ट टाइम तीव्र गतिका बलरमा आरिफ शेख हुनेछन् । नेपाल जित र हार भन्दा पनि आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउन चाहन्छ ।

यो पनि पढ्नुहोस् : वेस्ट इन्डिजलाई हराउन नेपालले फाइदा उठाउनु पर्ने पाँच कमजोरी

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद ।

वेस्ट इन्डिजको टोली :

शाई होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), शमाह्र ब्रुक्स, यानिक कारियाह, केसी कार्टी, रोस्टन चेश, जोनसन चाल्र्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, किमो पल, निकोलस पुरन र रोमारियो शेफर्ड ।

November 15, 2025

नामिबियाका स्मिथ लुम्बिनी लायन्समा

काठमाडौ (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लागि नामिबियाका अलराउन्डर जेजे (जोहानेस जोनाधान) स्मिथलाई अनुबन्ध गरेको छ । लुम्बिनीले यो सिजनका लागि अनुबन्ध गरेको स्मिथ पाँचौ विदेशी खेलाडी हुन्। लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्द, इटलीका पेस बलर थोमस ड्राका, अफगानिस्तानका अलराउण्डर गुल्बादिन नहब र नामिवियाके बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गरेको‌ […]

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

Success

Thank you for your time.