2 years ago
June 22, 2023
एजेन्सी – प्रतिबन्धपछि खेलमा फर्किएका अमेरिकाका तीव्र गतिका बलर अली खानले आइसिसी विश्वकप छनोटमा फेरि कारबाही हुनसक्ने सेलेब्रेसन गरेका छन् ।

जिम्बावेमा जारी विश्वकप छनोटमा दुई खेलमा प्रतिबन्धपछि अमेरिका टोलीमा फर्किएका उनले नेदरल्यान्ड्सविरुद्ध विकेट लिएपछि मुखमा टेप लगाउँदै सेलेब्रेसन गरेका हुन् ।
जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका ओपनर विक्रम जित सिंह अली खानको चौथो ओभरको पहिलो बलमा ८ रनमा कट एड बोल्ड हुन पुगे ।
उक्त विकेटपछि उनले आफ्नो खल्तीबाट टेप निकालेर मुखमा लगाएका थिए । उनले अव आफू नबोल्ने संकेत देखाउँदै मुख टेप टालेका थिए । तर यहिँ सेलेब्रेसनको कारण उनी फेरि कारबाहीमा पर्न सक्ने सम्भावना छ । उनले खेलको समयमा टेप बोकर हिँडेको हुँदा कारबाहीमा पर्न सक्ने सम्भावना रहेको हो । उनलाई कारबाही गर्ने वा नगर्ने भने म्याच रेफ्रीले निर्धारण गर्नेछन् ।
गत अप्रिलमा आइसिसी प्लेअफ क्वालिफायरमा जर्सीविरुद्ध ७ विकेट लिनेक्रममा विपक्षी खेलाडीसँग झगडा गरेका थिए । त्यसैको कारण कारबाही स्वरुप एक डीमेरिट प्वाइन्ट पाएका थिए । २४ महिना भित्र ४ डीमेरिट प्वाइन्ट भएपछि उनलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको थियो ।
त्यहिँ प्रतिबन्धको कारण विश्वकप छनोटमा नेपाल र वेस्ट इन्डिजविरुद्ध खेल गुमाउन पुगेका थिए । गतवर्ष उनले सामाजिक सञ्जालमा नेपाली क्रिकेट समर्थक संसारकै खराब रहेको प्रतिक्रिया समेत दिएका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]