default_image

2 years ago

June 22, 2023

प्रतिबन्धपछि पनि सुध्रिएनन् अली खान

371 views

0 Bookmark

एजेन्सी – प्रतिबन्धपछि खेलमा फर्किएका अमेरिकाका तीव्र गतिका बलर अली खानले आइसिसी विश्वकप छनोटमा फेरि कारबाही हुनसक्ने सेलेब्रेसन गरेका छन् ।

जिम्बावेमा जारी विश्वकप छनोटमा दुई खेलमा प्रतिबन्धपछि अमेरिका टोलीमा फर्किएका उनले नेदरल्यान्ड्सविरुद्ध विकेट लिएपछि मुखमा टेप लगाउँदै सेलेब्रेसन गरेका हुन् ।

जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका ओपनर विक्रम जित सिंह अली खानको चौथो ओभरको पहिलो बलमा ८ रनमा कट एड बोल्ड हुन पुगे ।

उक्त विकेटपछि उनले आफ्नो खल्तीबाट टेप निकालेर मुखमा लगाएका थिए । उनले अव आफू नबोल्ने संकेत देखाउँदै मुख टेप टालेका थिए । तर यहिँ सेलेब्रेसनको कारण उनी फेरि कारबाहीमा पर्न सक्ने सम्भावना छ । उनले खेलको समयमा टेप बोकर हिँडेको हुँदा कारबाहीमा पर्न सक्ने सम्भावना रहेको हो । उनलाई कारबाही गर्ने वा नगर्ने भने म्याच रेफ्रीले निर्धारण गर्नेछन् ।

गत अप्रिलमा आइसिसी प्लेअफ क्वालिफायरमा जर्सीविरुद्ध ७ विकेट लिनेक्रममा विपक्षी खेलाडीसँग झगडा गरेका थिए । त्यसैको कारण कारबाही स्वरुप एक डीमेरिट प्वाइन्ट पाएका थिए । २४ महिना भित्र ४ डीमेरिट प्वाइन्ट भएपछि उनलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको थियो ।

त्यहिँ प्रतिबन्धको कारण विश्वकप छनोटमा नेपाल र वेस्ट इन्डिजविरुद्ध खेल गुमाउन पुगेका थिए । गतवर्ष उनले सामाजिक सञ्जालमा नेपाली क्रिकेट समर्थक संसारकै खराब रहेको प्रतिक्रिया समेत दिएका थिए ।

यो पनि : अली खान भन्छन् – ‘नेपाली समर्थक सबैभन्दा खराब’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.