default_image

9 years ago

January 10, 2017

रुस्लान कप क्रिकेटमा पुलिस र आर्मीको जित

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान कप टी– ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोलीनेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरआत गरेका छन् । रुस्लान कपको दोस्रो सस्करणको पहिलो दिन मंगलबार पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले र आर्मीले न्यू राइजिङ स्टारलाई ९ विकेटले हराएको थियो ।

ruslan-cricket-1कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा टस जितेको पुलिसले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमएर १ सय ८३ रन बनाएको थियो । समूह एको उक्त खेलमा पुलिसका लागि सुनिल धमलाले अर्धशतक पुरा गरे ।

सुनिलले ५६ बल खेल्दै २ छक्का र ३ चौका साथ ५४ रन, कुशल भुर्तेलले अविजित ३३ रन र दीलिप नाथले २६ रन बनाए । मन्जित श्रेष्ठले १२ र सिद्धान्त लोहनीले अविजित १२ रन बनाए भने दीपेन्द्र ऐरीले १० रन जोडे ।
जवाफमा १ सय ८४ रनको विजय लक्ष्य पछ्याएको हिमालयनले १० ओभरमा सबै विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो । हिमालयनका लागि भुपेन्द्र थापाले पनि अर्धशतक बनाएका थिए । उनले ७३ रन बनाए । पुलिसका प्रेम तामाङ र अरिफ शेखले समान ३, दीपेन्दले २ र ललित राजवंशीले १ विकेट लिए ।
समूह बिमा ८८ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ११.१ ओभरमा १ विकेट गुमाएर प्राप्त गरेको थियो । आर्मीका लागि सागर पुनले अविवजित ३९ र महेश क्षेत्रीले २४ रन लिए । त्यस्तै नरेश बुढाएरले अविजित १८ रन जोडे ।ruslan-cricket

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यू राइजिङले १८.३ ओभरका सबै विकेट गुमाएर ८७ रन बनाएको थियो । टोलीका शुुसान्त सिहं थापा र रविन्द्र जंग शाहीले समान १८ रन, रविन थापाले अविजित १४, सुजन पुनले १३ रन बनाए । आर्मीका जितेन्द्र मुखियाले ४ र सागरले ३ विकेट लिए । चन्द्र साउद र हरिकृष्ण झाले समान १ विकेट लिए । सागर खेलको म्यान अफ दी म्याच घोषित भए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका थिए । काठमाडौं क्रिकेट टे«निङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ पाउनेछन् ।

ruslan-1-200x300

रुस्लान कप टी ट्वान्टी क्रिकेटमा बुधबारको खेल

हिमालयन ह्वाइट हाउस कलेजविरुद्ध पिसी फाइटर ११ (समूह ए)
खहरी क्रिकेट क्लबविरुद्ध रोयल पिसी फाइटर (समूह बी)

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.