default_image

2 years ago

June 30, 2023

श्रीलंका नेदरल्यान्ड्ससँग अप्रत्याशित हारबाट बच्यो

197 views

0 Bookmark

एजेन्सी – विश्वकप विजेता श्रीलंका आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा एसोसिएट टोली नेदरल्यान्ड्ससँग अप्रत्याशित हारबाट जोगिएको छ । श्रीलंकाले नेदरल्यान्ड्सलाई २१ रनले हराउँदै विश्वकप नजिक पुगेको छ ।

जितको लागि २ सय १४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स ६८ बलमा ४ चौका र २ छक्कासहित ६७ रनमा नट आउट रहे । स्कटको यो लगातार चौथो अर्धशतक हो । तर पनि टोलीलाई जिताउन सकेनन् । कप्तान दासुन शानकाले आर्यन दत्तलाई ७ रनमा बोल्ड गर्दै जित पक्का गराएका थिए ।

अनुभवी ब्याटर वेस्ली ब्यारेसी ५० बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । बास डि लिडेले ५३ बलमा ३ चौकासहित ४१ रन बनाए । तीव्र गतिका बलर लाहिरु कुमाराले पहिलो ओभरको दोस्रो बलमै ओपनर विक्रमजित सिंहलाई शून्यमा क्याच आउट गराए । दोस्रो ओभरकै पहिलो बलमा दिलशान मदुशानकाले आक्रामक ब्याटर म्याक्स ओडाउडलाई गोल्डेन डक एलबीडब्लू आउट गरेपछि नेदरल्यान्ड्स १.१ ओभरमा ११–२ को अवस्थामा पुगेको थियो ।

तेस्रो विकेटका लागि लिडे र व्यारेसीले ८० बलमा ७७ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । १५ औं ओभरमा ब्यारेसी रन आउट भएपछि श्रीलंका खेलमा फर्किएको थियो । ब्यारेसी रन आउट हुँदा नेदरल्यान्ड्स १४.२ ओभरमा ८८–३ को अवस्थामा थियो ।

१६ औ ओभरमा वानिन्दु हसरंगाले प्रमुख ब्याटर तेजा निडामानुरुलाई शून्यमा बोल्ड गरे । २२ औं ओभरको पाँचौं बलमा लिडे थिक्सेनाको बलमा बोल्ड आउट हुन पुगे । त्यो बेला नेदरल्यान्ड्स १२७-५ को अवस्थामा थियो ।

थिक्सेनाले सकिब जुलफिकरलाई २ रनमा एलबीडब्लू आउट गरे । वेस्ट इन्डिजलाई हराउन नायक बनेका लोगेन बान बिक शून्यमा थिक्सेनाको बलमा बोल्ड हुन पुगेपछि जित केहि कठिन बनेको थियो । शरिज अहमद २ रनमा रन आउट भए । रायन केलिन हसरंगाको बलमा ५ रनमा बोल्ड भएपछि नेदरल्यान्ड्स १७६–९ को अवस्थामा पुगेको थियो ।

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । महेश थिक्सेनाले ९ ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । लाहिरु कुमारा, दिलशान मदुशानाका र दासुन शानकाले समान एक विकेट लिए ।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४७.४ ओभरमा २ सय १३ रनमा अल आउट हुन पुगेको थियो । श्रीलंकाको जितमा धनन्जय डि सिल्भाले १ सय ११ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ९३ रन बनाएका थिए । उनी स्पिनर आर्यन दत्तको ४७ औं ओभरको पहिलो बलमा डिप मिडविकेटमा बास डि लिडेबाट समातिन पुगेपछि ओडिआई करिअरको पहिलो शतक बनाउने अवसर गुमाएका थिए ।

एक समय १३१(७ मा पुगेको श्रीलंकालाई आठौं विकेटका लागि महेश थिक्सेना र धनन्जय डि सिल्भाले ७७ रनको महत्वपूर्ण साझेदारी गर्दै साख बचाएका थिए । थिक्सेना ४७ बलमा १ चौकासहित २८ रनमा आउट भए ।

श्रीलंकाका ब्याटरको प्रदर्शन सम्झन लायक थिएन । तीव्र गतिका बलर लोगन भान बिकले नेदरल्यान्ड्सलाई ड्रिम सुरुवात दिलाएका थिए । बिकले पहिलो ओभरको पहिलो बलमै श्रीलंकाका ओपनर पाथुम निसांकालाई सकिबबाट क्याच गराए । रायन केलिनले चौथो ओभरको पाँचौं बलमा १० रनमा एलबीडब्लू आउट गरे ।

लोगन भान बीकको बलमा सदिरा समाराविक्रमा एक रनमा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भएपछि श्रीलंका ४.५ ओभरमा २७-३ को अवस्थामा पुगेको थियो । बिकले चारिथ असांकालाई तेजा निडामानिरुबाट २ रनमा क्याच गराए ।

स्पिनर सकिब जुफिकरको बलमा दिमुथ करुणारत्ने ३३ रनमा एज लागेर विकेटकिपरबाट क्याच आउट भए । उनले ५१ बलमा २ चौका प्रहार गरे । सकिबको बलमा स्वीप खेलेका कप्तान दासुन शानका मिस भएपछि ५ रनमा एलबीडब्लू आउट हुँदा श्रीलंका २५.१ ओभरमा ९६-६ को दयनीय अवस्थामा पुगेको थियो ।

वानिन्दु हसरंगा २१ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए । नेदरल्यान्ड्सका लोगन भान बिकले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए । बास डि लिडेले ९.४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । सकिब जुलफिकरले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

आर्यन दत्त र रायन केलिनले समान एक विकेट लिए । श्रीलंका आइतबार जिम्बावे र शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । बाँकी दुई मध्य एक जित निकाले विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्सले सोमबार ओमान र बिहीबार स्कटल्यान्डसँग खेल्नेछ ।

सुपर सिक्समा श्रीलंका ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । जिम्बावेको ३ खेलमा ६ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । यी दुई टोली विश्वकप खेल्ने सम्भावना उच्च छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.