default_image

1 year ago

July 2, 2023

को हुन् मुलपानी मैदानमा नाम राखिएका जय शाह?

362 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम स्वर्गीय जयकुमार नाथ शाहको नामबाट राख्ने भएको छ । अब मुलपानी मैदानको नाम जेकेएनएस मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहनेछ ।

क्यानको शुक्रबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । नेपाली क्रिकेटमा उनले दिएको अतुलनीय योगदानको कारण शाहको नामबाट मुलपानी मैदान नामाकरण गरिने भएको छ । दुई महिना अघि मात्रै मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कपबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको थियो । प्रिमियर कपको सेमिफाइनलमा युएई र ओमानको खेलबाट ओडिआई मान्यता समेत पाएको थियो ।

को हुन् मुलपानी मैदान नामाकरण गरिएका स्वर्गीय जयकुमार नाथ शाह ?

राजकीय परिवारमा जन्मिएका उनी भारतमा अध्यनको लागि गएपछि त्यहाँबाट फर्केपछि नेपाली क्रिकेटको जगको रुपमा काम गरेका थिए । उनको २०७४ भदौ २१ मा नर्भिकमा उपचारका क्रममा ८९ वर्षे उमेरमा निधन भएको थियो । क्यान नेतृत्वमा जय र विनयराज पाण्डेको योगदान सधैं उदाहरणको रुपमा रहँदै आएको छ ।

सन् १९६५ देखि २००१ सम्म नेपाल क्रिकेट संघ क्यानमा जयकुमार नाथ शाह अध्यक्ष र विनयराज पाण्डेले महासचिवको रुपमा रहेका थिए । शाहले छाडेपछि पाण्डेले क्यान नेतृत्व सम्हालेका थिए ।

शाहले २०२२ सालदेखि ४० वर्ष उनले क्यानको नेतृत्व गरका थिए । क्यानको नेतृत्वमा आउनुअघि उनी राष्ट्रिय खेलाडी समेत थिए । गणतन्त्र स्थापना हुनुअघि चार दशक क्यानको अध्यक्ष रहेका शाहकै नेतृत्वमा नेपालको क्रिकेट विकासको जग हालिएको बताइन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को लाइफटाइम सर्भिस अवार्ड पाउने शाह पहिलो नेपाली हुन् । उनले २००३ मा उक्त अवार्ड प्राप्त गरेका थिए । ४० वर्ष क्यानमा बिताएपछि उनले २०६२ सालमा पदबाट राजीनामा दिएका थिए । उनी एसियन क्रिकेट काउन्सिल एसिसीको उपाध्यक्ष रहेर पनि केहि समय काम गरेका थिए । उनको नामबाट पहिला नेपालमा राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत हुन्थ्यो । नेपाली क्रिकेटकै मेरुदण्ड मानिएको जय ट्रफी १८ संस्करण सम्म चलेको थियो ।

क्यानका तत्कालिन अध्यक्ष स्वर्गीय जय कुमार नाथ शाहको नामबाट वि।सं २०३७ सालमा काठमाडौंमा जय ट्रफी सुरु भएको थियो । जुन नेपालको पहिलो राष्ट्रिय प्रतियोगिता थियो । समयसँगै त्यहि जय ट्रफी नेपाली क्रिकेट विकासको मेरुदण्ड बनेको थियो ।

जय ट्रफीमा ८–९ वटा अञ्चलले नियमीत सहभागिता जनाउँँथे । जय ट्रफीको प्रर्दशनकै आधारमा देशभरबाट खेलाडी छनोट गर्दै काठमाडौं–११ को टोली बनाईएको थियो । जुन काठमाडौं–११ को टोली २०४५ सालमा मैत्रीपुर्ण खेलको लागि थाईल्यान्डको बैंकक हुँदै बंगलदेश गएको थियो । उक्त जय ट्रफीको १८ औं संस्करण २०५८ सालमा काठमाडौंमा अन्तिम पटक भएको थियो ।

राखेपले राष्ट्रिय प्रतियोगिता विभुतीको नाममा मात्रै गर्नुपर्ने भनेपछि जय ट्रफीको अन्तिम संस्करण पनि त्यहि हुन पुग्यो । त्यसपछि राष्ट्रिय प्रतियोगिता विरेन्द्र स्मृती राष्ट्रिय क्रिकेट लिग प्रतियोगिताको नाममा भएको थियो ।

यो पनि पढ्नुहोस्: क्रिकेटको मेरुदण्ड बनेको ‘जय ट्रफी’

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.