default_image

2 years ago

July 2, 2023

को हुन् मुलपानी मैदानमा नाम राखिएका जय शाह?

571 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम स्वर्गीय जयकुमार नाथ शाहको नामबाट राख्ने भएको छ । अब मुलपानी मैदानको नाम जेकेएनएस मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहनेछ ।

क्यानको शुक्रबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । नेपाली क्रिकेटमा उनले दिएको अतुलनीय योगदानको कारण शाहको नामबाट मुलपानी मैदान नामाकरण गरिने भएको छ । दुई महिना अघि मात्रै मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कपबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको थियो । प्रिमियर कपको सेमिफाइनलमा युएई र ओमानको खेलबाट ओडिआई मान्यता समेत पाएको थियो ।

को हुन् मुलपानी मैदान नामाकरण गरिएका स्वर्गीय जयकुमार नाथ शाह ?

राजकीय परिवारमा जन्मिएका उनी भारतमा अध्यनको लागि गएपछि त्यहाँबाट फर्केपछि नेपाली क्रिकेटको जगको रुपमा काम गरेका थिए । उनको २०७४ भदौ २१ मा नर्भिकमा उपचारका क्रममा ८९ वर्षे उमेरमा निधन भएको थियो । क्यान नेतृत्वमा जय र विनयराज पाण्डेको योगदान सधैं उदाहरणको रुपमा रहँदै आएको छ ।

सन् १९६५ देखि २००१ सम्म नेपाल क्रिकेट संघ क्यानमा जयकुमार नाथ शाह अध्यक्ष र विनयराज पाण्डेले महासचिवको रुपमा रहेका थिए । शाहले छाडेपछि पाण्डेले क्यान नेतृत्व सम्हालेका थिए ।

शाहले २०२२ सालदेखि ४० वर्ष उनले क्यानको नेतृत्व गरका थिए । क्यानको नेतृत्वमा आउनुअघि उनी राष्ट्रिय खेलाडी समेत थिए । गणतन्त्र स्थापना हुनुअघि चार दशक क्यानको अध्यक्ष रहेका शाहकै नेतृत्वमा नेपालको क्रिकेट विकासको जग हालिएको बताइन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को लाइफटाइम सर्भिस अवार्ड पाउने शाह पहिलो नेपाली हुन् । उनले २००३ मा उक्त अवार्ड प्राप्त गरेका थिए । ४० वर्ष क्यानमा बिताएपछि उनले २०६२ सालमा पदबाट राजीनामा दिएका थिए । उनी एसियन क्रिकेट काउन्सिल एसिसीको उपाध्यक्ष रहेर पनि केहि समय काम गरेका थिए । उनको नामबाट पहिला नेपालमा राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत हुन्थ्यो । नेपाली क्रिकेटकै मेरुदण्ड मानिएको जय ट्रफी १८ संस्करण सम्म चलेको थियो ।

क्यानका तत्कालिन अध्यक्ष स्वर्गीय जय कुमार नाथ शाहको नामबाट वि।सं २०३७ सालमा काठमाडौंमा जय ट्रफी सुरु भएको थियो । जुन नेपालको पहिलो राष्ट्रिय प्रतियोगिता थियो । समयसँगै त्यहि जय ट्रफी नेपाली क्रिकेट विकासको मेरुदण्ड बनेको थियो ।

जय ट्रफीमा ८–९ वटा अञ्चलले नियमीत सहभागिता जनाउँँथे । जय ट्रफीको प्रर्दशनकै आधारमा देशभरबाट खेलाडी छनोट गर्दै काठमाडौं–११ को टोली बनाईएको थियो । जुन काठमाडौं–११ को टोली २०४५ सालमा मैत्रीपुर्ण खेलको लागि थाईल्यान्डको बैंकक हुँदै बंगलदेश गएको थियो । उक्त जय ट्रफीको १८ औं संस्करण २०५८ सालमा काठमाडौंमा अन्तिम पटक भएको थियो ।

राखेपले राष्ट्रिय प्रतियोगिता विभुतीको नाममा मात्रै गर्नुपर्ने भनेपछि जय ट्रफीको अन्तिम संस्करण पनि त्यहि हुन पुग्यो । त्यसपछि राष्ट्रिय प्रतियोगिता विरेन्द्र स्मृती राष्ट्रिय क्रिकेट लिग प्रतियोगिताको नाममा भएको थियो ।

यो पनि पढ्नुहोस्: क्रिकेटको मेरुदण्ड बनेको ‘जय ट्रफी’

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.