2 years ago
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघका पूर्व जनलर म्यानेजर वृतान्त खनालले अध्यक्ष चतुरबहादुर चन्दले दिउँसै रक्सी खाएर केन्द्रिय कार्यलयमा आफूलाई अभद्र गालि गरेपछि राजीनामा दिएको गम्भीर आरोप लगाएका छन् । क्यानको बोर्ड बैडकले शुक्रबार उनको राजीनामा स्वीकृत गरेको थियो । अध्यक्ष चन्दले भने यस आरोपको खण्डन गरेका छन् ।

शनिबार वृतान्तले क्यान अध्यक्ष चन्दमाथि सामाजिक सञ्जाल फेसबुकमा उनले गम्भीर आरोप लगाएका छन् । ‘दिउँसै रक्सीको सरमा धुत भएर संघको केन्द्रिय कार्यलयमा आएर मलाई अभद्र गाली गरेपछि राजीनामा दिएको हुँ’, खनालले फेसबुकमा लेखेका छन् ।
त्यस्तै उनले शाकसकीय शैलीमा काम गराएको आरोप समेत लगाएका छन् । ‘क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिचाई सबै बिषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने, र काम गर्न नमिलेपछि शासकीय शैलीमा बर्खास्तीको धम्की दिन्ने बानि रहेको हुँदा मैले यो दास मानसिकतामा काम गर्ने न सकिने हुदा राजिनामा दिएको हुँ’, खनालले फेसबुकमा लेखेका छन् ।

खनालले चन्दमाथि आर्थिक अनियमिततामा प्रश्न उठेपछि पुरानै शैलीमा फर्किएको बताए । उनले लेखेका छन्, ‘वहाँ का केहि आर्थिक अनियमिततामा व्यवस्थापनको प्रश्न उठे पछि वहाँ पुरानै साशकिय शैलीमा उग्ररूपमा गाली गलौज मा फर्किनु भएको हो । दिउँसै रक्सी सुरमा धुत भएर संघ को केन्द्रिय कार्यालय मा आएर, मलाई अभद्र गाली गरे पछि मैले राजिनामा दिएको हुँ ।’
खनाल क्यानको २०७८ चैतमा जनरल म्यानेजमा नियुक्त भएका थिए । मासिक १ लाख ५० हजार तलब पाउने उनले देखिने गरि कुनै काम भने गर्न सकेका थिएनन् । त्यसैको कारण उनको कार्यक्षमता प्रश्न भने उठ्दै आएको थियो । उनले एक साताअघिनै चन्दसँग विवादको कारण पदबाट राजीनामा दिएका थिए । शुक्रबार बोर्ड बैठकले उक्त राजीनामा पारित गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]