default_image

2 years ago

July 1, 2023

‘५० करोड भनेर ५ लाख पनि ल्याउन नसकेपछि राजीनामा दिन भनिएको हो’ – अध्यक्ष चन्द

257 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जनरल म्यानेजर वृतान्त खनालले काम गर्न नसकेपछि राजीनामा दिन लगाएको बताएका छन् । खनालले सामाजिक सञ्जालमा चन्दले आफूलाई कार्यालयमा रक्सी खाएर अभद्र व्यवहार गरेको हुँदा राजीनामा दिएको गम्भीर आरोप लगाएका थिए ।

चन्दले यी सबै आरोप मात्रै भएको बताएका छन् । ‘बसीबसी खाइरहेका थिए । मलाई लगाएका आरोप पुष्टि गरोस् न । राजीनामा दिए भनेकै हो । राजीनामा दिएर मिडियालाई भनेपछि कसरी राख्ने ? काम नै गर्न सकेको छैनन् । त्यसैले राजीनामा दिन भनिएको हो, चन्दले भने ।

चन्दले ५० करोड ल्याउछु भनेपनि अहिले सम्म ५ लाख ल्याउन नसकेको बताए । ‘काम नै के गरेको छ र ? ५० करोड ल्याउछु भनेको मान्छेले डेढ वर्षमा अहिलेसम्म ५ लाख ल्याएको छैन । तपाई सक्नुहुन्न । त्यसैले राजीनामा दिनुस भनेको हो । एसिसी र आइसिसी पनि तपाईंको मेलले गर्दा रिसाएको छ । उसले राजीनामा दिनुको सट्टा काम गर्छु भन्नुपर्ने हो । मिडिया भनेर राजीनामा दिएपछि बोर्डमा कुरा आउँछ । बोर्डले थाहा पाएपछि, अशोकनाथ प्याकुरेलको राजीनामा स्वीकृत गरिएको हो भनेपछि सर्वसम्मत स्वीकृत भएको हो,’ चन्दले भने ।

रक्सी खाएर गाली गरेको भन्ने सरासर गलत भएको बताएका छन् । ‘यो सरासर गलत हो । एउटा मैदान दिनेक्रममा तपाईं काम गर्न सक्नु हुँदैन भने राजीनामा दिनुस् भनेको हो । यो सबै गलत र निराधार आरोप हो । सबै झुटो आरोप हो । उसले काम गर्न नसके पहिला नै आफैं राजीनामा दिन्छु भनेको थियो । मैले तिमीले भनेको गर्न सकेनौं । क्यानको प्रदर्शन शून्य भयो भनेको थिए ।’

‘राजीनामा एक हप्ता अघिनै दिएको हो । तीन चार दिन चुप लागेर बस्यो । मेरो राजीनामा कसरी स्वीकृत गर्न सक्छ भनेर भनेको थियो । मिडियामा नगएको भए अर्कै कुरा हुन सक्थ्यो । बोर्डमा उठेपछि सर्वसम्मत पारित भएको हो’, चन्दले भने ।

चन्दले उनको मासिक तलब १ लाख ५० हजार र यातयातमा तेल खर्च समेत रहेको बताए । वृतान्तले क्यानमा आउँदा बार्षिक ५० करोड ल्याउँछु भनेर आएको बताए । ‘क्यानमा आउँदा बार्षिक ५० करोड ल्याउछु भनेर आएको मान्छेले अहिले सम्म पाँच लाख पनि उठाएको छैन । त्यति मात्रै होईन आइसिसी र एसिसीसँग समन्वय गर्न सकेन । क्यानको कार्यलयमा कर्माचारी व्यवस्थापन गर्न सकेन । तपाई सक्नुहुँदैन त्यसैले छोड्दिनुस भनेको हो’, उनले भने ।

खनाललाई चन्दले नै कांग्रेसका केहि नेताको सिफारिसमा नियुक्त गरेको आरोप लाग्दै आएको छ । ‘पार्टीको दबाबमा होईन काम गर्न सक्छ भनेर ल्याएको हो । तर कार्यसम्पादन नभएपछि डिसेम्बरमा म्याद नथप्ने कुरा चलेको थियो । हटाउन भन्दा पनि राजीनामा दिन लगाउन भनेको हो । त्यो समय अर्को निर्णय नहुन सम्म थप्ने निर्णय भएको थियो’, उनले भने ।

यो पनि : ‘अध्यक्ष चन्दले रक्सी खाएर गाली गरेपछि राजीनामा दिएको हुँ’ – क्यानका पूर्व जीएम खनाल

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.