default_image

2 years ago

July 2, 2023

‘मोन्टी सरले गर्दा विकेट गएपनि ब्याटर खुलेर खेलेका छन्’- दीपेन्द्र

377 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मुख्य प्रशिक्षक मोन्टी देशाईको कारण खेलाडीहरु विकेट गएपनि खुुलेर खेल्न सक्ने भएको बताएका छन् । आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले हराउन सानदार प्रदर्शन गर्दै प्लेयर अफ द म्याच चुनिएपछि दीपेन्द्रले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘सरले गर्दा ब्याटरहरु पनि खुलेर खेलेका छन् । पहिला यसरी खुलेर खेल्दैनन् थिए । अहिले जति विकेट गएपनि अर्को ब्याटर खुलेर खेलेको छ । त्यसले धेरै सहयोग भएको छ हामीलाई’, दीपेन्द्रले भने ।

जितको लागि जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३=२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे ।

दीपेन्द्रले नेपाललाई एक समय २०.५ ओभरमा ६३-६ को अवस्थाबाट खेल जिताएका थिए । दीपेन्द्रले खेलेको यो आफ्नो करिअरको एक उत्कृष्ट इनिङ हो । दीपेन्द्रले यो भन्दा राम्रो घरेलु मैदान टियुमा स्कटल्यान्डविरुद्ध खेलेको बताउँछन् ।

‘मेरो करिअरको उत्कृष्ट इनिङ होईन । यसअघि पनि मैले नेपालमा खेलेको थिए । नेपालमा ८५ रन थियो । अहिले पनि फेरि त्यस्तै अवस्था थियो’, दीपेन्द्रले भने ।

दीपेन्द्रले आइसिसी विश्वकप लिग २ मा टियु क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध २ सय ७५ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ८५ रनको इनिङ खेलेका थिए । टियु क्रिकेट मैदानमा दीपेन्द्रले २०२२ मा पपुवा न्युगिनीविरुद्ध १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।

नेपालले मंगलबार सातौं स्थानको लागि आयरल्यान्डसँग खेल्नेछ । दीपेन्द्र एउटा राम्रो अवसर रहेको बताए । ‘टेस्ट टोलीसँग खेल्ने हाम्रो लागि एउटा अवसर हो’, दीपेन्द्रले भने ।

यो पनि : भारतको दादागिरीले नेपाललाई दुःख!

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.