default_image

1 year ago

July 5, 2023

नेपाली मुलका सुरजको अर्धशतकमा वेस्टइन्डिजलाई मध्यम लक्ष्य

112 views

0 Bookmark

एजेन्सी – नेपाली मुलका विकेटकिपर सुरज कुमारको अर्धशतकमा ओमानले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा वेस्टइन्डिजलाई २ सय २२ रनको मध्यम लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रन बनायो । ओमानका सुरज कुमार ६५ बलमा ५ चौका र १ छक्कासहित ५३ रनमा अविजित रहे । सुरजको पुख्यौली घर बाग्लुङ हो । पञ्जावको जालन्धरमा जन्मिएका सुरज उतै हुर्किए ।

आठ वर्षअघि उनी ओमान गएका थिए । सुरजले २०१९ देखी ओमानको टोलीबाट खेल्दै आएका छन् । आइसिसी विश्वकप लिग २ मा २०२० मा सुरज नेपाल खेल्न आएका थिए । त्यो बेला उनका बुबा र आमा पनि नेपाल आएका थिए ।

ओमानका शोएब खान ५४ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा रन आउट भए । मोहम्मद नदिम २०, आयन खान ३०, कप्तान अकिब इलियास १, जतिन्दर सिंह ८ र कश्याप प्रजापति ३१ रनमा आउट भए ।

वेस्टइन्डिजका रोमारियो शेफर्डले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । कायल मेयर्स ७ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए । यी दुबै टोली विश्वकप यात्राबाट बाहिरिएका छन् ।

सुरजको पूरा क्रिकेट जीवनी पढ्नुहोस् : ओमान क्रिकेटका नेपाली, जो नेपालबाटै खेल्न चाहन्छन्

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.