default_image

2 years ago

July 5, 2023

नेपाली मुलका सुरजको अर्धशतकमा वेस्टइन्डिजलाई मध्यम लक्ष्य

238 views

0 Bookmark

एजेन्सी – नेपाली मुलका विकेटकिपर सुरज कुमारको अर्धशतकमा ओमानले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा वेस्टइन्डिजलाई २ सय २२ रनको मध्यम लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रन बनायो । ओमानका सुरज कुमार ६५ बलमा ५ चौका र १ छक्कासहित ५३ रनमा अविजित रहे । सुरजको पुख्यौली घर बाग्लुङ हो । पञ्जावको जालन्धरमा जन्मिएका सुरज उतै हुर्किए ।

आठ वर्षअघि उनी ओमान गएका थिए । सुरजले २०१९ देखी ओमानको टोलीबाट खेल्दै आएका छन् । आइसिसी विश्वकप लिग २ मा २०२० मा सुरज नेपाल खेल्न आएका थिए । त्यो बेला उनका बुबा र आमा पनि नेपाल आएका थिए ।

ओमानका शोएब खान ५४ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा रन आउट भए । मोहम्मद नदिम २०, आयन खान ३०, कप्तान अकिब इलियास १, जतिन्दर सिंह ८ र कश्याप प्रजापति ३१ रनमा आउट भए ।

वेस्टइन्डिजका रोमारियो शेफर्डले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । कायल मेयर्स ७ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए । यी दुबै टोली विश्वकप यात्राबाट बाहिरिएका छन् ।

सुरजको पूरा क्रिकेट जीवनी पढ्नुहोस् : ओमान क्रिकेटका नेपाली, जो नेपालबाटै खेल्न चाहन्छन्

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.