2 years ago
July 6, 2023
एजेन्सी – बास डि लिडेको अद्धभूत अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएकोछ ।

समान ६ अंक भएपनि नेदरल्यान्ड्सले नेटरनरेटको कारण जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । नेदरल्यान्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो । जितको लागि २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
विश्वकपमा पुग्न उक्त लक्ष्य ४४ ओभर भित्र पूरा गर्नुपर्ने थियो । तर ७ बल अघिनै पूरा गर्दै विश्वकपमा स्थान बनायो । विश्वकपमा पुग्न अन्तिम २४ बलमा ४५ रन चाहिँएको थियो । ४१ औं ओभरमा स्पिनर मार्क वाटलाई तीन छक्कासहित कुल २२ रन जोडेपछि विश्वकप यात्रा सहज बनेको थियो ।
नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले । टोलीलाई जितको लागि दुई रन चाहिँदा उनी रन आउट भएका थिए । उनको यो करिअरको पहिलो शतक हो ।

त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित३३ रनमा नट आउट रहे । छैटौं विकेटका लागि लिडे र जुलफिकरले ६९ बलमा १ सय १३ रनको सानदार शतकीय साझेदारीका साथ विश्वकपमा स्थान पक्का गराए ।
नेदरल्यान्ड्सलाई ओपनर विक्रमजित सिंह र म्याक्स ओडाउडले पहिलो विकेटका लागि १२.४ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर माइकल लिस्कले ओपनर ओडआउडलाई २० रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडे । उनले लिस्कले विक्रमजित सिंहलाई ४० रनमा एलबीडब्लू आउट गर्दै खेलमा फर्काउन खोजेका थिए । विक्रमजित सिंह ४९ बलमा ६ चौका प्रहार गरे ।
वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए । एक समय नेदरल्यान्ड्स २३.३ ओभरमा १०८-४ को अवस्थामा थियो । पाँचौं विकेटका लागि कप्तान स्कट एडवार्ड्स र बास डि लिडेले ४५ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
एडवार्ड्स स्पिनर मार्क वाटको बलमा एलबीडब्लू आउट भए । उनको हातमा लागेपनि स्कटल्यान्डले रिभ्यु लिदै पेभेलिएन फर्काएको थियो । स्कटले २३ बलमा ३ चौकासहित २५ रन बनाए ।
स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक दुई विकेट लिए । ब्रेन्डन म्याकमुलेन, मार्क वाट र क्रिस ग्रेभ्सले एक एक विकेट लिए ।
त्यसअघि जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन ।

स्कटल्यान्डका २३ वर्षीय अलराउन्डर ब्रेन्डन म्याकमुलेनले १ सय १० बलमा ११ चौका र ३ छक्कासहित १ सय ६ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् ।
कप्तान रिची बंरिंग्टन ८४ बलमा ३ चौका र २ छक्कासहित ६४ रनमा आउट भए । टम मार्किन्टस २८ बलमा ५ चौकासहित ३८ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् । ओपनर क्रिस म्याकब्राइड ३२, म्याथ्यु क्रस डक, जर्ज मुन्शे ९, माइकल लिस्क १ र क्रिस ग्रेभ्स १८ रनमा आउट भए ।
नेदरल्यान्ड्सको जितमा तीव्र गतिका बलर बास डि लिडेले १० ओभरमा ५२ रन खर्चेर ५ विकेट लिए । रायन केलिनले दुई र लोगन भान बिकले एक विकेट लिए । विश्वकप छनोटबाट श्रीलंका र नेदरल्यान्ड्स विश्वकपमा पुगेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]