default_image

1 year ago

July 7, 2023

देवको १० महिनापछि नेपालको टोलीमा पूनरागमन

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर देव खनालले नेपाली क्रिकेट टोलीमा १० महिनापछि पूनरागमन गरेका हुन् । नेपालले एक साताछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने १६ सदस्य टोली घोषणा गर्दा देव नेपाली टोलीमा फर्किएका छन् ।

उनी १० महिनापछि नेपालको टोलीमा फर्किएका हुन् । देवले पछिल्लो पटक नेपालको टोलीमा गत वर्ष भदौंमा केन्या भ्रमणमा थिए । त्यसपछि टोली बाहिर भएका थिए ।

‘खेलाडीको लागि कहिले काहिँ राम्रो गर्दा पनि परिदैन । केहि कठिन समय हुन्छ । म यसैको पर्खाई गरेको थिए । यो मौका पाएपछि त्यहाँ गएर प्रदर्शन भएन भने फेरि टोली बाहिर हुने सम्भावना पनि रहन्छ । यहाँबाट ठूलो पूनरागमनको अपेक्षा छ’, देवले नेपालको टोलीमा परेपछि हाम्रो खेलकुदसँग भने ।

‘टिममा नभएको १० महिना भई सक्यो । समयले पनि अलिकति साथ दिएन । राम्रो गर्दा गर्दै पनि मौका पाएन । टिमको सन्तुलन पनि यस्तो भयो कि कसैलाई निकाल्न पनि मिलेन । क्रिकेट यहिँ हो । नेपालमा क्रिकेट प्रतिस्पर्धा बढेको छ । नेपालमा मौका कमै पाइन्छ । त्यसलाई सदुपयोग गरेर अघि बढ्यो । राम्रो गर्ने दबाब पनि छ । दबाबले नै खेलाडी निखारिन्छ भन्छन्’, देवले भने ।

गत चैतमा एसिसी प्रिमियर कपको लागि २१ सदस्य टोली घोषणा गर्दा देव नेपालको बन्द प्रशिक्षणमा थिए । तर उनी अन्तिम टोलीमा पर्न सकेका थिएनन् । देवले पछिल्लो पटक नेपाली टोलीबाट केन्या भ्रमणमा अन्तिम दुई एकदिवसीय अभ्यास खेल खेलेका थिए ।

नेपाललाई ८ वर्षपछि यू१९ विश्वकपमा पुर्याउन कप्तान समेत रहेका देव खनालले गत फागनुमा युएईमा सम्पन्न आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा सानदार प्रदर्शन गरेका थिए । नेपाललाई अपराजित रहँदै आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकपमा पुर्याउन देवल ब्याटिङ, कप्तानी र फिल्डिङ तीनै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

देवले ५ खेलमा १ शतक र १ अर्धशतकसहित कुल १ सय ९७ रन बनाएका थिए । कुवेतलाई हराउन देवले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । तर त्यो शतक भन्दा पनि अझ उत्कृष्ट उनले फाइनल सहर मानिएको युएईविरुद्ध १९–३ को अवस्थाबाट ५१ रन जोडेका थिए ।

देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् । देव नेपाली ब्याटिङको भविष्यको रुपमा हेरिदै आएका छन् ।

उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा सिनियर टोलीमा डेब्यू गरेका थिए । त्यसपछि उनी नेपाली टोलीमा नियमित सदस्य थिए । तर गत सेप्टेम्बरमा केन्या भ्रमणपछि टोलीबाट बाहिर हुनु परेको थियो ।

देवको क्रिकेट जीवनी पढ्नुहोस् : आत्मविश्वास र स्तरीय ड्राइभका पर्याय देव

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.