default_image

9 years ago

January 11, 2017

केसिटिसी र रोयल पिसी रुस्लान कपको क्वार्टरफाइनलमा

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो रुस्लान कप क्रिकेट टि–ट्वान्टी क्रिकेटको दोस्रो दिन बुधबार आयोजक रुस्लान काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) र रोयल पिसी फाइटर विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा केसिटिसीले क्यानन क्रिकेट क्लबलाई ७ विकेटले र रोयलले खहरे क्रिकेट क्लबलाई ६ विकेटले हराएको थियो ।

img_9248-copy-1024x683

१ सय १२ रनको लक्ष्य पछ्याएको केसिटिसीले १५ ओभरमा ३ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । टोलीका लागि सञ्जय बस्नेतले अविजित सर्वाधिक ४२ रन बनाए । म्यान अफ दी म्याच सञ्जय २८ बलमा ७ चौका प्रहार गरे । विवेक रानाले अविजित ११ रन बनाए भने अदिल खानले १३ रन जोडे । ओपनरद्वय विपिन आचार्य र सुमित महर्जनले समान ११ रन बनाए । क्याननका दीलिप जैसवाल २ र अजयकुमार ठाकुरले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्याननले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । टोलीका लागि सुमन ठाकुरले सर्वाधिक ३८ रन बनाएका थिए । त्यस्तै भुवन बस्नेतले १५, अजयकुमार ठाकुरले १३ रन जोडे । केसिटिसीका दीलिपले २ र अजयकुमारले १ विकेट लिए ।

img_9271-copy-1-copy
अर्को खेलमा १ सय १६ रनको विजय लक्ष्य पछ्याएको रोयलले १२.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । रोयलका लागि ओपनर रविनले अविजित अर्धशतक बनाएका थिए । म्यान अफ दि म्याच रविनले ३० बल खेल्दै ७ चौका र ३ छक्काको मद्दतमा ५६ रन बनाएका थिए । विजय सुनारले २९ र अर्का ओपनर धनबहादुर कार्कीले २३ रन बटुले । खहरेका रामबहादुर रानाले २, सञ्जम रेग्मी र रोशन पुलामीले समान १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको खहरेले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । टेलीका ओपनर कृष्ण अधिकारीले २०, अमृत थापाले २६ र अनिल थापाले २३ रन बनाए । रोयलका धिरज शाही, सुरेन्द्र चन्दले समान २ तथा रविन खत्री र विजय सुनारले १÷१ विकेट लिए ।

रुस्लान कप क्रिकेटमा बिहीबारको खेल
हिमालयन ह्वाइट हाउस कलेजविरुद्ध पिसी फाइटर ११
नेपाल राइनोजविरुद्ध एपिएफ

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.