default_image

2 years ago

July 14, 2023

रुविनालाई गृह जिल्लामा सम्मान

279 views

0 Bookmark

हिमाल खरेल, मेचीनगर

नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेलाई भानु जयन्तीको अवसर पारेर भानु साहित्यिक प्रतिष्ठानले गृह जिल्ला झापामा सम्मान गरेको छ ।

भानु साहित्यिक प्रतिष्ठानले २१० औँ भानु जयन्तीको अवसरमा शुक्रबार काँकरभिट्टामा एक कार्यक्रम आयोजना गदै रुविनासहित चार जनालाई सम्मान गरेको हो ।

कप्तान रुविनासहित, नेपाल खेलकुद पत्रकार मञ्च झापाकी सहसचिव भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई नगदसहित सम्मान गरिएको हो ।

मेचीनगर निवासी कप्तान क्षेत्री र खेल पत्रकार लिम्बूलाई भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो । क्षेत्रीलाई २१ हजार र लिम्बूलाई ११ हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेले क्षेत्रीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लिम्बूलाई सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै सम्मान गरेको बताए ।

त्यस्तै, प्रतिष्ठानले हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट सम्मान गरियो । दुवै पुरस्कारको राशि ११ हजार रुपैयाँ थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.