2 years ago
July 18, 2023
एजेन्सी – ओमान ए एसिसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलंका ए सँग ४२ रनमा अल आउट भएको छ । श्रीलंका २ सय १७ रनको फराकिलो अन्तरको जितको साथ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

जितको लागि २ सय ६० रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमान १७.१ ओभरमा ४२ रनमा अल आउट भयो । ओपनर कश्याप प्रजापति १८ र सुरज कुमार १० रनमा आउट भए । घरेलु टोली श्रीलंकाको बलिङ आक्रामण सामु ओमानका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । जतिन्द सिंह र सोएब खान शून्यमा आउट भए ।
कप्तान अकिब इलियास र आयन खान समान एक रनमा आउट भए । श्रीलंकाका चामिका करुणारत्नेले २ ओभरमा ३ मेडनसहित ३ रन खर्चेर ३ विकेट लिए । दुनिथ वेलालेगे, प्रमोद मदुशान र लाहिरु मराराकुनले समान दुई विकेट लिए ।
त्यसअघि आर प्रेमडासा स्टेडियम कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५९ रन बनायो । श्रीलंका पसिन्दु सुरियाबन्दराले ७५ बलमा ५ चौकासहित ६० रनको योगदान दिए ।
ओमानका अकिब इलियासले १० ओभरमा ५८ रन खर्चेर ४ विकेट लिए । आयन खान र जय ओडेराले समान दुई विकेट लिए । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित समूह ए मा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । बंगलादेश ए ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो ।
अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण बाहिरिन पुग्यो । समूह बी बाट भने भारत र पाकिस्तान ए सेमिफाइनलमा पुगेका छन् ।
बुधबार यी दुई देशबीचको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । नेपाल भने भारत र पाकिस्तान ए सँग हारको कारण एक खेल अगावै बाहिरिएको छ । नेपालले अन्तिम खेल बुधबार युएई ए सँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]