2 years ago
July 18, 2023
एजेन्सी – ओमान ए एसिसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलंका ए सँग ४२ रनमा अल आउट भएको छ । श्रीलंका २ सय १७ रनको फराकिलो अन्तरको जितको साथ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

जितको लागि २ सय ६० रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमान १७.१ ओभरमा ४२ रनमा अल आउट भयो । ओपनर कश्याप प्रजापति १८ र सुरज कुमार १० रनमा आउट भए । घरेलु टोली श्रीलंकाको बलिङ आक्रामण सामु ओमानका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । जतिन्द सिंह र सोएब खान शून्यमा आउट भए ।
कप्तान अकिब इलियास र आयन खान समान एक रनमा आउट भए । श्रीलंकाका चामिका करुणारत्नेले २ ओभरमा ३ मेडनसहित ३ रन खर्चेर ३ विकेट लिए । दुनिथ वेलालेगे, प्रमोद मदुशान र लाहिरु मराराकुनले समान दुई विकेट लिए ।
त्यसअघि आर प्रेमडासा स्टेडियम कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५९ रन बनायो । श्रीलंका पसिन्दु सुरियाबन्दराले ७५ बलमा ५ चौकासहित ६० रनको योगदान दिए ।
ओमानका अकिब इलियासले १० ओभरमा ५८ रन खर्चेर ४ विकेट लिए । आयन खान र जय ओडेराले समान दुई विकेट लिए । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित समूह ए मा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । बंगलादेश ए ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो ।
अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण बाहिरिन पुग्यो । समूह बी बाट भने भारत र पाकिस्तान ए सेमिफाइनलमा पुगेका छन् ।
बुधबार यी दुई देशबीचको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । नेपाल भने भारत र पाकिस्तान ए सँग हारको कारण एक खेल अगावै बाहिरिएको छ । नेपालले अन्तिम खेल बुधबार युएई ए सँग खेल्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]