default_image

2 years ago

July 19, 2023

कुशल भुर्तेलको ६ विकेटसँगै नेपाललाई सामान्य लक्ष्य

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर कुशल भुर्तेलले ६ विकेट लिएपछि युएई ए ले एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

युएईका ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएई ए लाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिए ।

युएईलाई ओपनर अर्यांश शर्मा र लवप्रीत सिंहले पहिलो विकेटका लागि १०.४ ओभरमा ३९ रनको साझेदारी गरेका थिए । स्पिनर कुशल मल्लको बलमा अर्यांश शर्मा १४ रनमा पवन सरार्फबाट क्याच आउट भए । पवन सराफले अंश टन्डनलाई ३ रनमा एलबीडब्लू आउट गरे । लवप्रीत र एथान डि सोल्झाले ४४ रनको साझेदारी गरेका थिए ।

लेग स्पिनर कुशल भुर्तेलको बलमा स्वीप खेल्ने धुनमा सोल्झा १८ रनमा एलबीडब्लू आउट भए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका ओपनर लवप्रीत सिंह ८२ बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा क्याच आउट भए । लेगस्पिनर कुशल भुर्तेलको बलमा उनी डीप मिडविकेटबाट सन्दीप जोराबाट क्याच आउट भए ।

कुशल भुर्तेलको फवाद नवाज ४ रनमा विकेटकिपर स्टम्पिङ आउट भए । विकेटकिपर अर्जुन साउदले उत्कृष्ट स्टम्पिङ आउट गर्दै पेभेलिएन फर्काएका थिए । त्यसपछि नेपाल खेलमा हाबी बनेको थियो । कुशल भुर्तेलकै बलमा कप्तान तथा प्रमुख ब्याटर अली नासिर एक रनमा कट एण्ड बोल्ड आउट भएपछि युएई संकटमा पुगेको छ ।

कुशलले कुनैपनि खेलमा आफ्नो क्रिकेट करिअरमा ६ विकेट लिएका हुन् । अर्का स्पिनर मौसम ढकालले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ र कुशल मल्लले समान एक विकेट लिए ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.