default_image

2 years ago

July 19, 2023

कुशल भुर्तेलको ६ विकेटसँगै नेपाललाई सामान्य लक्ष्य

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर कुशल भुर्तेलले ६ विकेट लिएपछि युएई ए ले एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

युएईका ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएई ए लाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिए ।

युएईलाई ओपनर अर्यांश शर्मा र लवप्रीत सिंहले पहिलो विकेटका लागि १०.४ ओभरमा ३९ रनको साझेदारी गरेका थिए । स्पिनर कुशल मल्लको बलमा अर्यांश शर्मा १४ रनमा पवन सरार्फबाट क्याच आउट भए । पवन सराफले अंश टन्डनलाई ३ रनमा एलबीडब्लू आउट गरे । लवप्रीत र एथान डि सोल्झाले ४४ रनको साझेदारी गरेका थिए ।

लेग स्पिनर कुशल भुर्तेलको बलमा स्वीप खेल्ने धुनमा सोल्झा १८ रनमा एलबीडब्लू आउट भए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका ओपनर लवप्रीत सिंह ८२ बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा क्याच आउट भए । लेगस्पिनर कुशल भुर्तेलको बलमा उनी डीप मिडविकेटबाट सन्दीप जोराबाट क्याच आउट भए ।

कुशल भुर्तेलको फवाद नवाज ४ रनमा विकेटकिपर स्टम्पिङ आउट भए । विकेटकिपर अर्जुन साउदले उत्कृष्ट स्टम्पिङ आउट गर्दै पेभेलिएन फर्काएका थिए । त्यसपछि नेपाल खेलमा हाबी बनेको थियो । कुशल भुर्तेलकै बलमा कप्तान तथा प्रमुख ब्याटर अली नासिर एक रनमा कट एण्ड बोल्ड आउट भएपछि युएई संकटमा पुगेको छ ।

कुशलले कुनैपनि खेलमा आफ्नो क्रिकेट करिअरमा ६ विकेट लिएका हुन् । अर्का स्पिनर मौसम ढकालले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ र कुशल मल्लले समान एक विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.