default_image

9 years ago

January 12, 2017

रुस्लान क्रिकेटमा एपिएफको पराजय

138 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सोनु तामाङको विष्फोटक ब्याटिङ्गको मद्दतले किर्तिपुर स्थित टि.यु. क्रिकेट मैदानमा जारि दोश्रो रुस्लान टि२० क्रिकेट प्रतियोगिता २०७३मा नेपाली राइनोजले एपिएफलाई पाँच विकेटले पराजित गरेको छ।

man-of-the-match-sharad-vesawkar1

राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायत अधिकांश राष्ट्रिय खेलाडीहरुले भरिभराउ रहेको सशस्त्र प्रहरी बलको टोलीले टस हारेपछि पहिलो ब्याटिङ्गमा उत्रिएको थियो। निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १ सय २३ रन जोडेको एपीएफका लागि आठौँ नम्बरमा ब्याटिङ्ग गर्न आएका भुवन कार्कीले सर्वाधिक ३३ रन जोडेका थिए। सामान्यतया चौथो/पाँचौ नम्बरमा ब्याटिङ्ग गर्न आउने गरेका कप्तान पारस खड्का सातौं नम्बरमा उत्रदै १२ बलमा १८ रन जोड्न सफल भएका थिए। ओपनरद्वय सुबाश खकुरेल र आसिफ शेखले पनि समान १८ रन जोडे।

राइनोजका लागि कप्तान शरद भेषवाकर कसिलो बलिङ्ग गर्दै चार ओभरमा १६ रन खर्चिदै २ विकेट लिएका थिए। भेषवाकरले ओपनर शेख र कप्तान खड्काको विकेट लिएका थिए। राइनोजका सुशील कँडेल, पवन शर्राफ, रिजन ढकाल र रुपेश श्रीवास्तबले पनि १-१ विकेट लिए।

जवाफी ब्याटिङ्गमा उत्रिएको राइनोजको लागि सुरुवात राम्रो रहेन। प्रकाश बिष्ट (२), रुपेश श्रीवास्तव (०) र शिव टन्दुकार (७)लाइ सस्तैमा गुमाएको राइनोजका लागि ओपनर संजय श्रेष्ठले २६ रनको योगदान दिए। एक तर्फबाट कप्तान भेषवाकरले २५ बलमा २० रनको सम्हालीएको पारि खेल्दा अर्को तर्फबाट सोनु तामाङले १४ बलमा ३३ रन बनाए। उनले चार चौका र दुइ छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ्गको नमुना प्रस्तुत गरेका थिए।

एकदमै फितलो फिल्डिंगका कारण रन रोक्न नसकेको एपीएफका बसन्त रेग्मीले भने चार ओभरमा दुइ मेडन लिए। दुइ विकेट लिएका उनले मात्र ११ रन खर्चेका थिए। खेलको म्यान अफ द म्याच शरद भेषवाकर भए। राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली भने हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.