default_image

2 years ago

July 20, 2023

यस कारण तीव्र गति छाडेर लेग स्पिनर बने बनेका थिए कुशल भुर्तेल

379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले एसिसी इमर्जिङ एसिया कपमा युएई ए विरुद्ध अविश्वसनीय बलिङ प्रदर्शन गरे । युएई ए लाई १ सय ५७ रनमा अल आउट गर्न कुशल भुर्तेलले एक्लै ६ विकेट लिए ।

एक समय २३.५ ओभरमा ९६–२ को बलियो अवस्थामा रहेको युएईको युवा टोलीलाई कुशलले आफ्नो लेग स्पिनको जादुमा फसाए । उनले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए ।

समग्रमा नेपालबाट लिष्ट ए मा ६ विकेट लिने उनी सन्दीपपछि दोस्रो खेलाडी थिए । सन्दीपले आइसिसी विश्वकप लिग-२ मा अमेरिका र ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध समान ६ विकेट लिएका थिए ।

भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रनको आक्रामक इनिङ खेलेका थिए । कुशलले नेपालबाट एकै खेलमा पाँचमाथि विकेट र अर्धशतक बनाउने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाए ।

कुशल पहिला तीव्र गतिका बलिङ अलराउन्डर थिए । त्यसैले उनले सात, आठौं वा तल्लो नम्बरमा ब्याटिङ गर्ने गर्दर्थे ।

टोलीमा उनी तीव्र गतिको अलराउन्डरको रुपमा मौका पाउथे । नेपालले २०१६ मा यू१९ विश्वकप खेल्दा कुशलले सबै खेलमा तल्लोक्रममा ब्याटिङका साथ तीव्र गतिङमा बलिङ गरेका थिए ।

तर पछि कुशलले तीव्र छाडेर लेग स्पिनर बनेका थिए । नेपाली क्रिकेट टोलीबाट भने कुशलले २०२१ मा त्रिकोणात्मक टि२० आई सिरिजमा नेदरल्यान्ड्सविरुद्ध टियुमा डेब्यू गरेका थिए ।

गतवर्ष प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कुशलले आफ्नो लेग स्पिनको जादु देखाएका थिए । कुशलले लेग स्पिन गर्दै ५ विकेट लिएका थिए । जितको लागि २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको मधेशलाई ८२ रनमा अल आउट गर्न कुशलले ८.३ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए ।

चोभार एण्डबाट बलिङमा आएका उनले मधेशका आदिल अन्सारी, रतन रौनक, राजेश यादव, रुपेश सिंह र प्रदीप पासवानलाई आफ्नो शिकार बनाएका थिए । त्यो नै कुशलले कुनैपनि खेलमा लिएको पहिलो पाँच विकेट थियो । उक्त खेलपछि कुशलले तीव्र गतिको बलिङ छाडेर लेग स्पिनर बन्नुको कारण बताएका थिए ।

‘बलिङमा करिअर छ जस्तो लागेन । मेरो बलिङमा पेश पनि थिएन । ब्याक पेनको पनि समस्या थियो । बलिङ छाडेपछि नेटमा स्पिन गर्न थाले । अरु खेल्दा म बलिङ गर्ने र म खेल्दा अरु बलिङ गर्ने गर्दा गर्दै लेग स्पिनर बने’, कुशलले पाँच विकेट लिएपछि गतवर्ष हाम्रो खेलकुदसँग भनेका थिए ।

कुशलले नेटमा त्यतिकै फ्याँल्दा लेग स्पिनर बनेको बताउँछन् । ‘त्यस्तो केहि होईन । नेटमा जसले हात घुमाउँदा पनि हुन्छ । कसैले ब्याटिङ गरेको छ भने उसलाई सहयोग गर्न फाल्थे । कहिले काँही बलर हुने थिएन । म खेल्दा अरु र अरुले खेल्दा मैले बलिङ गर्दा गर्दै लेग स्पिनर भए’, उनले भनेका थिए ।

तत्कालिन प्रशिक्षक मनोज प्रभाकरले गत नोभेम्बरमा कुशल भुर्तेललाई लेग स्पिनरको रुपमा खेलाउँदै तल्लोक्रममा ब्याटिङ गराएका थिए । युएईसँग तीन ओडिआई खेलको सिरिजमा कुशल भुर्तेलले लेग स्पिन गरेका थिए । युएईसँगको पहिलो ओडिआई खेलमा कुशलले १ ओभरमा ८ रन खर्चिएका थिए । त्यो खेलमा उनले सातौं नम्बरमा ब्याटिङ गरेका थिए ।

दोस्रो खेलमा उनले ७ ओभरमा २८ रन खर्चेर १ विकेट लिएका थिए । युएईका कप्तान सिपी रिजवानलाई रोहित पौडेलबाट क्याच गराउँदै ओडिआईमा डेब्यू विकेट लिएका थिए ।

त्यो खेलमा कुशलले पाँचौं नम्बरमा ब्याटिङ गरेका थिए । तेस्रो खेलमा कुशलले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिएका थिए । कुशलले उक्त खेलमा एलिशान शराफुलाई ३३ र अहमद राजालाई शून्यमा आउट गराएका थिए ।

त्यसपछि आइसिसी विश्वकप विश्वकप लिग-२ मा नामिबिया भ्रमणमा समेत उनलाई नेपालले लेग स्पिनरको रुपमा खेलाएको थियो । ब्याटिङ तल्लोक्रममा गरेका थिए ।

नेपालको ब्याटिङक्रम भद्रगोल बनाउँदै कुशलले तल्लोक्रममा खेलाएपछि तत्कालिन प्रशिक्षक मनोज प्रभाकरलाई क्यानले वर्खास्त गरेको थियो । प्रभाकरले आसिफ र अर्जुन साउदलाई ओपनिङ गराउँदा कुशललाई तल्लोक्रममा खेलाउने निर्णय लिएका थिए ।

कुशल भुर्तेलको पूरा क्रिकेट जीवनी पढ्नुहोस् : अवसरमा कुशलले देखाएको कौशल

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.