2 years ago
July 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना हुने एसिसी एकदिवसीय एसिया कपको तयारी श्रीलंकामा नै गर्ने भएको छ । एसिसी इमर्जिङ कप खेल्न श्रीलंका गएको नेपाली टोली थप १५ दिन श्रीलंकामै अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

भारतसँग ९ र पाकिस्तानसँग ४ विकेटले पराजित भएको नेपाल समूह बी बाटै बाहिरिएको थियो । अव नेपाली क्रिकेट टोलीले एसिया कपको लागि श्रीलंकामै १५ दिनको विषेश प्रशिक्षण गर्ने छ । नेपाल क्रिकेट सघं (क्यान) ले अहिले नेपालमा अभ्यास र खेल्ने समय नहुँदा श्रीलंकामै गर्न लागेको जनाएको छ ।
‘खेलाडीहरु उतानै बस्छन् । दुई तीन जना खेलाडी नेपालबाट श्रीलंका जान्छन् । १५/२० दिनलाई हामी अहिले त्यहाँनै क्याम्प गछौं । नेपालमा त अहिले सम्भव छैन । श्रीलंका र पाकिस्तानमा खेल्दै छौं भने त्यहाँको मौसम र वातारणलाई पनि हेर्नुपर्यो’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।
इमर्जिङ कपको लागि नेपालको टोलीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी, आरिफ शेख र ज्ञानेन्द्र मल्ल छैनन् । सन्दीप र दीपेन्द्र ग्लोबल टि२० क्यानडा खेल्न गएका छन् । यता करण र ज्ञानेन्द्रलाई विश्राम दिएको थियो । आरिफ पारिवारिक कारण टोलीमा थिएनन् । करण, ज्ञानेन्द्र र आरिफ लगायतका खेलाडी पनि अभ्यासको लागि श्रीलंका जानेछन् ।
नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । पाठकका अनुसार त्यहाँको क्रिकेट बोर्डले मिलाएको हुँदा राम्रो अभ्यास खेल्न पाउने सम्भावना छ । ‘हामीले खेल्ने चार अभ्यास खेल त्यहाँको क्रिकेट बोर्डले मिलाई राखेको छ । हामीले राम्रो अभ्यास खेल पाउँछौं । पाकिस्तान हामी चार पाँच दिन जाने कुरा भई राखेको छ’, पाठकले भने ।
नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन् । सुपर फोरको एक खेल मात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् । नेपालले पहिलो पटक एसिया कप खेल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]