2 years ago
July 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना हुने एसिसी एकदिवसीय एसिया कपको तयारी श्रीलंकामा नै गर्ने भएको छ । एसिसी इमर्जिङ कप खेल्न श्रीलंका गएको नेपाली टोली थप १५ दिन श्रीलंकामै अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

भारतसँग ९ र पाकिस्तानसँग ४ विकेटले पराजित भएको नेपाल समूह बी बाटै बाहिरिएको थियो । अव नेपाली क्रिकेट टोलीले एसिया कपको लागि श्रीलंकामै १५ दिनको विषेश प्रशिक्षण गर्ने छ । नेपाल क्रिकेट सघं (क्यान) ले अहिले नेपालमा अभ्यास र खेल्ने समय नहुँदा श्रीलंकामै गर्न लागेको जनाएको छ ।
‘खेलाडीहरु उतानै बस्छन् । दुई तीन जना खेलाडी नेपालबाट श्रीलंका जान्छन् । १५/२० दिनलाई हामी अहिले त्यहाँनै क्याम्प गछौं । नेपालमा त अहिले सम्भव छैन । श्रीलंका र पाकिस्तानमा खेल्दै छौं भने त्यहाँको मौसम र वातारणलाई पनि हेर्नुपर्यो’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।
इमर्जिङ कपको लागि नेपालको टोलीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी, आरिफ शेख र ज्ञानेन्द्र मल्ल छैनन् । सन्दीप र दीपेन्द्र ग्लोबल टि२० क्यानडा खेल्न गएका छन् । यता करण र ज्ञानेन्द्रलाई विश्राम दिएको थियो । आरिफ पारिवारिक कारण टोलीमा थिएनन् । करण, ज्ञानेन्द्र र आरिफ लगायतका खेलाडी पनि अभ्यासको लागि श्रीलंका जानेछन् ।
नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । पाठकका अनुसार त्यहाँको क्रिकेट बोर्डले मिलाएको हुँदा राम्रो अभ्यास खेल्न पाउने सम्भावना छ । ‘हामीले खेल्ने चार अभ्यास खेल त्यहाँको क्रिकेट बोर्डले मिलाई राखेको छ । हामीले राम्रो अभ्यास खेल पाउँछौं । पाकिस्तान हामी चार पाँच दिन जाने कुरा भई राखेको छ’, पाठकले भने ।
नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन् । सुपर फोरको एक खेल मात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् । नेपालले पहिलो पटक एसिया कप खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]