2 years ago
July 21, 2023
एजेन्सी – नेपाली क्रिकेट टोली २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त बन्यो । आइसिसी विश्वकप लिग–२, एसिसी प्रिमियर कप र विश्वकप छनोटको कारण नेपाली क्रिकेट टोली ब्यस्त बनेको हो ।

यो वर्ष नेपालले ओडिआईमा सर्वाधिक उच्च योगफल बनाउने र पूरा गर्ने कीर्तिमान बनायो । नेपालले ओडिआईमा बनाएको सर्वाधिक पाँच उच्च योगफल मध्य चार टियु क्रिकेट मैदानमा छन् ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले गत फेब्रुअरीमा टियु क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको २ सय ८६ रनको विजयी लक्ष्य ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।
त्यो नै नेपालले ओडिआईमा बनाएको उच्च योगफल हो । पाँच मध्य चार उच्च योगफल यसै वर्ष बनाएको छ । हालसम्म नेपालले ओडिआईमा बनाएको पाँच उच्च योगफल यस प्रकार छन् ।
५. पपुवा न्युगिनीविरुद्ध २ सय ८६ रन

नेपालले २०२२ मार्च २५ मा पपुवा न्युगिनीसँग दुई खेलको ओडिआई सिरिज खेलेको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो ।
पपुवा न्युगिनीका कप्तान असाद भाला ६० र चाल्र्स अमिनीले ७७ रनको योगदान दिएका थिए । तल्लोक्रममा नर्मन भानुवाले २८ बलमा ४ चौका र ३ छक्कासहित ४७ रनको आक्रामक इनिङ खेलेका थिए । नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिएका थिए ।
जितको लागि २ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । नेपालका रोहित पौडेलले १ सय २६ रनको सानदार शतकीय इनिङ खेलेपनि नेपाल हार्न पुगेको थियो ।
४.नामिबियाविरुद्ध २ सय ८७ रन

आइसिसी विश्वकप लिग–२ मा टियु क्रिकेट मैदानमा टस हारेको नामिबियाले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८५ रन बनाएको थियो ।
नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिएका थिए ।
जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । कप्तान रोहित पौडेलले ७२ रन जोडेका थिए । जितको लागि तीन रन चाहिँदा सोमपाल कामीले चौका हान्दै खेल सकाएका थिए ।
३.जिम्बावेविरुद्ध २ सय ९० रन

नेपालले अघिल्लो महिना आइसिसी विश्वकप छनोटमा घरेलु टोली जिम्बावेविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको थियो । नेपालले हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।
नेपालका कुशल भुर्तेल ९९ र आसिफ शेखले ६६ रन बनाएका थिए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १ सय ७१ रनको शतकीय साझेदारी गरेपछि नेपालले बलियो योगफल बनाएको थियो । तर क्रेग इर्विन १ सय २१ र सन विलियम्सन१ सय २ रनको शतकीय इनिङ खेलेपछि नेपाल हार्न पुगेको थियो ।
२. पपुवा न्युगिनीविरुद्ध २ सय ९७ रन

आइसिसी विश्वकप लिग २ मा नेपालले २०२३ मार्चमा पपुवा न्युगिनीविरुद्ध २ सय ९७ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले १ सय १० र कुशल भुर्तेलले ४५ रनको योगदान दिएका थिए ।
पहिलो विकेटका लागि कुशल र आसिफले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । उक्त खेलमा नेपाल ५२ रनले विजयी भएको थियो ।
१. ओमानविरुद्ध ३ सय १० रन

गत अप्रिलमा टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
कुशलले ५९ बलमा शतक पूरा गर्दै नेपालबाट ओडिआईमा सर्वाधिक छिटो १ सय रन बनाउने कीर्तिमान समेत राखेका थिए । नेपालले ३.४ ओभरमा कुनै रन बनाउन नसक्दा दुबै ओपनर गुमाएको अवस्थाबाट सानदार पूनरागमन गरेको थियो । उक्त खेलमा नेपाल ८४ रनले विजयी भएको थियो । यो नै नेपालले ओडिआईमा बनाएको उच्च योगफल हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]