default_image

9 years ago

January 12, 2017

रुस्लान क्रिकेटमा महबुबको विश्वस्तरीय अलराउण्ड प्रदर्शन

129 views

0 Bookmark

काठमाडौँ (हाम्री खेलकुद) – महबुब आलमले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि हिमालयन व्हाइट हाउस कलेजले राजधानीमा जारि रुस्लन टि-२० प्रतियोगितामा १सय ७ रनको विशाल जित हात पारेको छ

man-of-the-match-mehboob-alam-himalayan-white-house-college

टस जितेर पहिलो बलिङ रोजेको पिसी फाइटर ११ले राम्रो सुरुवात लिएपनि अनुभवी खेलाडीको प्रदर्शनसामु घुँडा टेक्नु पर्यो।  १ रनको स्थितिमा दुवै ओपनर गुमाएको व्हाइट हाउसका लागि सुबेन्दु पाण्डे र महबुबले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए।  सुबेन्दुले २८ बलमा आठ चौकाको मद्दतले ३८ रन बनाए भने महबुबके पाँचचौका र चार छक्का प्रहार गर्दै ५१ रन जोडे।  प्रनित थापा मगरले ३२ (१८) र अमर सिंह राउटेला २५(१९)ले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै योगफललाइ १सय ६९ रनसम्म पुर्याउन मद्दत गरे। फाइटरका लागि चन्द्र देव जोशीले सुरुवती २ संगै कुल तिन विकेट लिएका थिए।

१सय ७० रनको विशाल योगफल पछ्याएको पिसी फाइटरले १६ ओभरमा आफ्नो सबै विकेट गुमायो।  कप्तान एवं ओपनर नरेश चन्दले २२ रन बनाएर पारि सम्हाल्न खोजे पनि अरुको साथ् नपाउदा टोलि ६२रनमा अलाउट हुन पुग्यो। व्हाइट हाउसका लागि महबुब आलमले चार ओभरमा दुइ मेडन सहित जम्मा दुइ रन खर्चेर तिन विकेट लिए।  उनीनै खेलको म्यान अफ द म्याच भए।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.