default_image

2 years ago

July 21, 2023

उपाधिको लागि भारत र पाकिस्तान भिड्ने

188 views

0 Bookmark

एजेन्सी – एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत र पाकिस्तान ए भिड्ने भएका छन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनायो ।

भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबार हुनेछ ।

त्यसअघि पि सारा ओभल कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ५० ओभरमा ३ सय २२ रनमा अल आउट भएको थियो । पाकिस्तानका ओमैर युसुफले ७९ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ८८ रन बनाए । त्यस्तै कप्तान मोहम्मद हरिस ५२, मुबासिर खान ४२, मोहम्मद वासिम जुनियर २४ र सैम अयुब २२ रनमा आउट भए ।

श्रीलंका ए का लाहिरु मराराकोन, प्रमोद मदुशान र चामिका करुणारत्नेले समान दुई विकेट लिए । जितको लागि ३ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमा २ सय ६२ रनमा अल आउट भयो ।

श्रीलंकाका सहान अर्चाचिगेले १ सय ९ बलमा १२ चौका र १ छक्कासहित ९७ रन बनाए । त्यस्तै अर्का ओपनर अविष्का फ्रेनान्डोले ८५ बलमा १२ चौका र २ छक्कासहित ९७ रनको इनिङ खेलेपनि जिताउन सकेनन् । यी दुई ब्याटर बाहेक अन्य कुनैपनि श्रीलंकाका खेलाडीले रन बनाउन सकेनन् ।

पाकिस्तानका तीव्र गतिका बलर अर्शद इकबालले ७.४ ओभरमा ३७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । मुबासिर खान र सुफियान मुकीमले समान दुई विकेट लिए ।

यो पनि : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.