2 years ago
July 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि२० क्यानडा अन्तर्गत पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई हराएको छ ।

दुवै सन्दिप र दीपेन्द्रले राम्रो प्रदर्शन गरेको खेलमा मोन्टरिएलले ५ विकेटको जित हासिल गरेको हो । पहिलो ब्याटिङको निम्तो पाएको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रनको योगफल खडा गरेको थियो ।
टोलीका लागि कप्तान इफ्तिकार अहमदले ४४ बलमा ४० रन जोडेका थिए । त्यस्तै ओमानका जतिन्दर सिंहले १५ बलमा २७ रनको योगदान दिए । सकिब अल हसनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै मध्यक्रम धराशायी पारेका थिए ।
जवाफमा मोन्टरिएलले १८.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । दिपेन्द्रले २२ बलमा २ चौकासहित २८ रन जोडे । दिलप्रित सिंहले ३१ बलमा १ छक्कासहित २८ रन नै जोडे । उनी खेलको प्लेयर अफ द म्याच बने ।
त्यसअघि क्रिस लिनले १५ बलमा २२ रन र सकिब अल हसनले १३ बलमा २६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । कार्लोस ब्रेथवेटले ६ बलमा २ छक्कासहित नटआउट १४ रन जोडे ।
सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सकिब अल हसन र दिपेन्द्रको विकेट हात पारेका थिए ।
दिपेन्द्र सम्मिलित मोन्टरिएलले भोली नेपाली समयअनुसार रातको ८:४५ बजे मिसिसौगा प्यान्थर्ससँग खेल्नेछ । सन्दिप सम्मिलित सर्रेले भोली मध्यरात १:१५ बजे ब्राम्पटन वल्भ्सको सामना गर्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]