default_image

2 years ago

July 23, 2023

इमर्जिङ कप फाइनल : भारतविरुद्ध पाकिस्तानको विष्फोटक ब्याटिङ

260 views

0 Bookmark

एजेन्सी – पाकिस्तान युवा टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए विरुद्ध विष्फोटक ब्याटिङका साथ सानदार सुरुवात गरेको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले १४ ओभरमा कुनै विकेट नगुमाई ९२ रन बनाएको छ ।

कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले १५ ओभरमा कुनै विकेट १सय ३ रन बनाएको छ । पाकिस्तानको लागि दुई युवा खेलाडी सैम अयुब र शहिबजादा फराहनले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

अयुब ४२ बलमा ६ चौका र १ छक्कासहित ४६ रनमा क्रिजमा छन् । फहरान ४९ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा क्रिजमा छन् । यी दुबै खेलाडीले पाकिस्तानको सिनियर टोलीबाट खेलि स

पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारत र पाकिस्तान समूह बी मा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।

२ सय ६ रनको विजयी लक्ष्य भारतले ३६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा ओपनर साई सुदर्शनले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.