2 years ago
July 23, 2023
एजेन्सी – पाकिस्तानका मध्यक्रमका ब्याटर तयाब ताहिरले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए विरुद्ध सानदार शतक प्रहार गरेका छन् । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४४ ओभरमा ३ सय ५ रन बनाएको छ ।

तयाब ताहिर ६९ बलमा १२ चौका र ४ छक्कासहित १ सय ७ रनमा क्रिजमा छन् । उनलाई मुबासिर खानले २६ रनमा साथ दिएका छन् ।
पाकिस्तानको लागि दुई युवा ओपनर सैम अयुब र शहिबजादा फराहनले १७.२ ओभरमा १ सय २१ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । सैम ५९ र फहरान ६५ रनमा आउट भए ।
पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारत र पाकिस्तान समूह बी मा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।
२ सय ६ रनको विजयी लक्ष्य भारतले ३६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा ओपनर साई सुदर्शनले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]