default_image

2 years ago

July 23, 2023

सर्वाधिक रन बनाउने दीपेन्द्र नै बेन्चमा

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडामा आज मिसिसौगा प्यान्थर्सविरुद्ध बेन्चमा राखेको छ । क्यानडाको ब्राम्पटनमा भएको टसमा टाइगर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ ।

दीपेन्द्रले पहिलो खेलमा सर्रे जागुअर्सविरुद्ध २२ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएका थिए । त्यस्तै उक्त खेलमा दीलप्रित सिंहले ३१ बलमा १ छक्कासहित २८ रन बनाएका थिए । पछिल्लो खेलमा टोलीका लागि सर्वाधिक रन बनाएका दीपेन्द्रलाई टाइगर्सले बेन्चमा राख्ने निर्णय लिएको छ ।

दीपेन्द्रलाई बेन्चमा राख्दा म्याथ्यु स्पोर्सलाई मौका दिएकोछ । म्याथ्यु अष्टेलियाबाट यू१९ क्रिकेट खेलि सकेका खेलाडी छन् । तर उनले सिनियर क्रिकेट भने क्यानडाबाट खेल्ने गर्दछन् । उनले शीर्षक्रमका राम्रो प्रदर्शन गर्ने गर्दछन् ।उता सन्दीप सम्मिलित सर्रेले आज मध्यराती १ः १५ मा ब्राम्पटन वल्भ्ससँग खेल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.