default_image

2 years ago

July 24, 2023

ओलीको कीर्तिमानी विष्फोटक शतकमा स्कटल्यान्डको रनको वर्षा

480 views

0 Bookmark

एजेन्सी – ओली हरिसको कीर्तिमानी विष्फोटक शतकमा घरेलु टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा इटालीमाथि १ सय ५५ रनको फराकिलो जित हात पारेको छ । लगातार तेस्रो जितका साथ स्कटल्यान्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप सम्भावना बलियो बनाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । स्कटल्यान्डका ओली हरिसले ५३ बलमा १४ चौका र ८ छक्कासहित १ सय २७ रनको अविजित विष्फोटक शतकीय इनिङ खेले ।

३२ वर्षीय ओलीले ४० बलमै शतक पूरा गरेका थिए । उनी स्कटल्यान्डबाट कुनैपनि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । स्कटल्यान्डको यो २०१९ मा नेदरल्यान्ड्ससँग २ सय ५२ रनपछि दोस्रो ठूलो टि२० आई योगफल हो ।

त्यस्तै १ सय ५५ रन टि२० आईमा रनको हिसाबमा स्कटल्यान्डको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि २०१८ मा नेदरल्यान्ड्सविरुद्ध १ सय १५ रनको जितको अन्तर सर्वाधिक ठूलो थियो ।

ओली हरिसले २०१९ मा जर्ज मुन्शेले नेदरल्यान्ड्सविरुद्ध खेलेको १ सय २७ रनको कीर्तिमान बराबर गरे । टि२० आईमा एकै खेलमा स्कटल्यान्डबाट मुन्शे र अली हरिस सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । ब्रेन्डन म्याकमुलेन ५० बलमा ९ चौका र ६ छक्कासहित ९६ रनमा अविजित रहे । जर्ज मुन्शे १२ र माइकल लिस्क ४ रन बनाए ।

जितको लागि २ सय ४६ रनको विशाल विजयी लक्ष्य पछ्याएको इटाली १२.४ ओभरमा ९० रनमा अल आउट भयो । टोलीका ग्रान्ट स्टीवर्टले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । स्कटल्यान्डका गेभिन मेनले ३.४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । ब्राड्ली करी र शफ्यान शरिफले समान दुई विकेट लिए ।

स्कटल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । आयरल्यान्ड ३ खेलमा ६ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । प्रतियोगितामा स्कटल्यान्ड, आयरल्यान्ड, जमर्नी, जर्सी, डेनमार्क, इटाली र अष्ट्रिया छन् । शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.