default_image

2 years ago

July 24, 2023

घरेलु टोली श्रीलंकाविरुद्ध पाकिस्तानको सानदार प्रदर्शन

168 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध सानदार बलिङ प्रदर्शन गर्दै उत्कृष्ट सुरुवात गरेको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका दोस्रो सेसनमा ४८.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो ।

श्रीलंकाका धनन्जय डि सिल्भाले ६८ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाए । दीनेश चान्डिमल ३४, रमेश मेन्डिस २७ र दिमुथ करुणारत्ने १७ रनमा आउट भए ।

पाकिस्तानका स्पिनर अब्रार अहमदले सर्वाधिक चार विकेट लिए । नसिम शाहले तीन र शाहिन शाह अफ्रिदीले एक विकेट लिए । पहिलो दिन खेल सकिदा पाकिस्तान २८.३ ओभरमा १४५/२ को अवस्थामा छ । पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक ९९ बलमा ७ चौका र २ छक्कासहित ७४ रनमा अविजित छन् ।

कप्तान बाबर आजम २१ बलमा ८ रनमा अविजित छन् । इमाम उल हक ६ र शन मसुद ५१ रनमा आउट भए । मसुदले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

श्रीलंकाका असिथा फ्रेनान्डाले सर्वाधिक दुई विकेट लिए । दुई खेलको सिरिजमा पाकिस्तान १÷० ले अघि छ । पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.