2 years ago
July 26, 2023
काठमाडौं (हाम्रा खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टि२० क्यानडामा फरक फरक खेलमा एकै अवार्ड जितेका छन् । सन्दीप र दीपेन्द्रले समान ५ सय डलर (६६ हजार रुपैयाँ) पुरस्कार राशी भएको मोमेन्ट अफ अफ द म्याच अवार्ड जितेका छन् ।

सन्दीपले दोस्रो पटक यस अवार्ड जितेका हुन् । दीपेन्द्रले भने उक्त अवार्ड पहिलो पटक पाएका हुन् । आज बिहानपख सम्पन्न खेलमा दीपेन्द्रले मोन्टरिएल टाइगर्सबाट भ्यानकुभर नाइट्सलाई ६ विकेटले हराउन बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए ।
दीपेन्द्रले बलिङतर्फ ३ ओभरमा मात्रै १६ रन खर्चेर १ विकेट लिएका थिए । उनले नाइट्सका प्रमुख ब्याटर तथा सर्वाधिक रन बनाएका फकार जमानलाई ७३ रनमा क्याच आउट गराएका थिए । हर्ष थाकेरलाई ९ रनमा डाइरेक्ट थ्रोमा रन आउट गर्न पुगेका थिए ।
ब्याटिङतर्फ दीपेन्द्रले २२ बलमा २ चौकासहित २२ रनमा अविजित रहेका थिए । जितको लागि १ सय ५० रनको मध्यम विजयी लक्ष्य टाइगर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

एक समय ६७–४ को अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले पाँचौं विकेटका लागि रदरफर्डसँग ८६ रनको अविजित महत्वपूर्ण साझेदारी गरेका थिए । उनले रदरफोर्डलाई निरन्तर स्ट्राइक दिँदै जित सहज बनाएका थिए ।
जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेशनलले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । टोलीलाई जिताउन सन्दीपले ४ ओभरमा मात्रै २२ रन खर्चेर २ विकेट लिएका थिए ।
कोलिन मुनरोलाई ४३ रनमा बोल्ड गर्दै सन्दीपले जितको आधार तय गरेका थिए । सन्दीपले मोन्टरिएलविरुद्ध पनि उक्त अवार्ड प्राप्त पाएका थिए । सन्दीप सम्मिलित सर्रेले अव शुक्रबार राती १ः१५ मिसिसाउगा प्यान्थर्समा सँग खेल्नेछ ।
दीपेन्द्र सम्मिलित मोन्टरिएलले आज राती ब्राम्पटन वोल्भससँग खेल्नेछ । नेपाली क्रिकेट टोलीले एसिया कपको लागि श्रीलंकामा अभ्यास गर्दा दीपेन्द्र र सन्दीप भने ग्लोबल टि२० क्यानडा खेल्न ब्यस्त छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]