1 year ago
July 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कपको तयारीमा श्रीलंकामा रहेको नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १० बजे श्रीलंकाको पि सारा ओभल मैदानमा हुनेछ । नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लब टोलीब्लूमफिल्ड क्रिकेट क्लबसँग ६ विकेटले पराजित भएको थियो ।
तामिल युनियन श्रीलंकाको प्रथम श्रेणी घरेलु क्रिकेट खेल्ने क्लब टोली हो । श्रीलंकाको शीर्ष घरेलु प्रतियोगिता खेल्ने तामिलविरुद्ध नेपाली ब्याटरको परिक्षा हुनेछ । पहिलो खेलमा नेपाल १ सय ९७ रनमा अल आउट भएको थियो ।
नेपालले आफ्ना प्रमुख ब्याटर कुशल भुर्तेल, राहित पौडेल, आसिफ शेख, आरिफ शेख र भीम सार्कीलाई खेलाएको थिएन । नेपालले युवा खेलाडी सन्दीप जोरा, देव खनाल, पवन सरार्फ लगायतका खेलाडीलाई मौका दिएको थियो ।
तर उक्त खेलमा अर्जुन साउदले सर्वाधिक ७९ रन बनाउन बाहेक अन्यले राम्रो गर्न सकेका थिएनन् । पहिलो खेलमा विश्राम पाएका खेलाडीलाई नेपालले आज मैदान उतार्ने सम्भावना छ ।
नेपाल एसिया कप अघि आफ्ना खेलाडीबाट उत्कृष्ट ब्याटिङ चाहन्छ । तर विदेशी भूमिमा सोचे जस्तो प्रदर्शन हुन सकेको छैन । नेपालले श्रीलंकामा थप दुई अभ्यास खेल खेल्नेछ । श्रीलंका क्रिकेट बोर्डको समन्वयमा नेपालले अभ्यास खेल खेल्ने हुँदा चारै टोली राम्रो हुने अनुमान गरिएको छ ।
तामिल युनियन क्रिकेट एण्ड एथ्लेटिक श्रीलंकाको निकै पुरानो क्रिकेट क्लब हो । वर्तमान समयका स्टार अलराउन्डर धनन्जय डि सिल्भाले यस क्लबको कप्तानी गर्ने गर्दछन् । डि सिल्भा भने खेल्ने छैनन् । उनी श्रीलंकाको टोलीमा छन् । बिहीबार मात्रै पाकिस्तानसँग दोस्रो टेस्ट खेल सकिएको थियो ।
पाकिस्तानविरुद्ध सिरिजमा पनि सिल्भाले उत्कृष्ट प्रदर्शन गरेका थिए । श्रीलंकाका युवा सुपरस्टार तीव्र गतिका बलर प्रमोद मादुशान पनि यसै क्लबबाट क्रिकेट खेल्ने गर्दछन् । उनी भने नेपालविरुद्ध खेल्ने सम्भावना छ । उनले श्रीलंकाबाट १ ओडिआई र ८ टि२० आई खेल खेलेका छन् ।
गतवर्ष एसिया कपमा श्रीलंकालाई उपाधि जिताउन उनको प्रदर्शन महत्वपूर्ण थियो । फाइनलमा पाकिस्तानलाई २३ रनले हराउन उनले बाबर आजम, फखार जमान, इफ्तिखर अहमद र नसिम शाहको विकेट लिएका थिए ।
नेपालविरुद्ध श्रीलंका प्रथम श्रेणीमा राम्रो खेल्दै आएका खेलाडी खेल्ने अनुमान गरिएको छ । यो अभ्यास खेल हुँदा नेपाली ब्याटर विना दबाब खेल्नेछन् । पहिलो रोजाईको टोली नेपालले उतार्दै आफ्नो परिक्षा समेत गर्नेछ ।
एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
एसिया कपको तयारी गर्ने नेपाली क्रिकेट टोली:
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ, ज्ञानेन्द्र मल्ल,आरिफ शेख र करण केसी ।
September 10, 2024
काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]