2 years ago
July 30, 2023
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं नाइट्सका फिजियोथेरापिस्ट सागर पाण्डेले नेपाल टि२० लिगबाट आफूले हालसम्म एक रुपैयाँ पनि नपाएको सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् । काठमाडौंका केहि खेलाडीले ५० प्रतिशत सम्म पारिश्रमिक पाएपनि आफूले हालसम्म एक रुपैयाँ पनि नपाएको गुनासो पोखेका छन् ।

‘म टिममा जोडिएको दोस्रो दिनमै टिमका व्यवस्थापक भागेका थिए । जसले गर्दा मैले सम्झौता गर्न पाएन । यस कुरा मैले काठमाडौं र क्यान दुबैलाई राखेको थिए । टिमका सबै कर्माचारी एक एक गरि भाग्दा अन्तिम सम्म मात्रै खेलाडीसँग थिए । र मैले भूमिका निर्वाह गरेको थिए’, उनले सामाजिक संजालमा लेखेका छन् ।
खेलाडीले पैसा नपाएसम्म नखेल्ने भरी खेल नै रोकेका थिए । काठमाडौं र विराटनगर नाइट्सबीचको खेल हुन नसकेपछि क्यानले लिखित सम्झौता गरेको थियो । ‘लिखित सम्झौतमा फिजियोको पनि पारिश्रमिक उपलब्ध गराउने लेखिएको थियो’, उनले लेखेका छन् ।
त्यसैमा उनले लेखेका छन्, ‘खेल सकिएपछि केहि खेलाडीले ५० प्रतिशत पारिश्रमिक पाएको अवस्था छ । मैले अहिले सम्म एक रुपैयाँ पाएको छैन । यति सम्मकी खेलको दौरानमा खेलाडीलाई उपचार गराएको बिलको भरपाइ समेत पाएन । क्यानसँग सम्झौता गर्दा छिटो दिने भने पनि मैले कति र कहिले दिने हो अहिले सम्म खोज गरिएको छैन’ ।
उनले पोखरा प्रिमियर लिगमा समेत काम गर्दा पुरस्कार नपाएको बताएका छन् । पिपिएल २०१८ र २०१९ मा गरि दुई संस्करण सम्पन्न भएको थियो ।
‘केहि वर्ष पहिला भएको पिपिएलमा पनि आंशिक पारिश्रमिक र सामानको पैसा पाएको थिएन । उक्त खेलका टिम म्यानेजर देखी मालिकसम्म गुहारे र थाके । कसैसँग पारिश्रमिक नपाएको गुनासो गर्दा यहाँ यस्तै नै हो भनेर जवाफ पाइरन्थे’, उनले सामाजिक सञ्जालमा दुःख पोखेका छन् ।
‘म एउटा श्रमिक हो र पारिश्रमिक पाउने मेरो अधिकार हो। यो अधिकार बाट मलाई बन्चित गराउनु भनेको न्याय र कानुनसंगत होईन। आशा छ यो पोस्ट हजुर सम्म पुग्ने छ र मेरो पारिश्रमिक मलाई मिल्ने छ’, भावुक हुँदै उनले लेखेका छन् ।
नेपाल टि२० लिग गत पुषमा सम्पन्न भएको थियो । फिक्सिङ, पारिश्रमिक, मालिकको पहिचानै नखुल्ने लगायत विभिन्न कारणले निकै विवादित बन्न पुगेको थियो । तर नेपाल टि२० लिगमा काठमाडौं नाइट्सले एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्ससँग खेल्नु अघिल्लो दिननै प्लेइङ-११ पक्का थियो ।
किनभने विदेशी खेलाडी सबै फर्किएपछि टोलीमा बाँकी ११ नेपाली मात्रै थिए । त्यसैले पानी पनि दिने खेलाडी कोही नभएपछि फिजियो सागर ले नै उक्त सहयोग गरेका थिए ।
यो पानि : पानी दिने खेलाडी पनि टोलीमा नभएपछि…
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]