default_image

2 years ago

August 1, 2023

करिअरको अन्तिम खेलमा ब्रोडको दुर्लभ कीर्तिमान

395 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा विश्व क्रिकेटकै एक सर्वाधिक सफल तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले आफ्नो टेस्ट करिअरको अन्तिम खेलमा दुर्लभ विश्व कीर्तिमान बनाउँदै अन्त्य गरेका छन् । द एसेज सिरिजको पाँचौं खेलमा उनले अष्ट्रेलियाविरुद्ध आफूले सामना गरेको अन्तिम बलमा छक्का र विकेट लिँदै उक्त कीर्तिमान बनाएका हुन् ।

बोर्डले एलेक्स केरीलाई विकेटकिपर जोनी बेयस्टोबाट क्याच गराउँदै इंग्ल्यान्डलाई अन्तिम विकेट दिलाएका थिए । त्यसअघि दोस्रो इनिङमा आफूले सामना गरेको अन्तिम बलमा मिचेल स्टार्कलाई छक्का प्रहार गरेका थिए ।

टेस्ट क्रिकेट इतिहासमा सन्न्यास खेलको अन्तिम बलमा छक्का र विकेट लिने उनी पहिलो खेलाडी बनेका छन् । इंग्ल्यान्डलाई ४९ रनको रोमान्चक जित दिलाउन अन्तिम दुई विकेट लिएका थिए ।

सन् २००७ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टेस्टमा डेब्यू गरेका उनले १ सय ६७ खेलमा ६ सय ४ विकेट लिनुको साथै ३ हजार ६ सय ६२ रन बनाएका छन् । उनी विश्व टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक विकेट लिने पाँचौं बलर हुन् ।

तीव्र गतिका बलरमा उनी टेस्टमा विश्वकै दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनी अघि तीव्र गतिका बलरमा सर्वाधिक विकेट जेम्श एन्डरसनले ६ सय ९० विकेट लिएका छन् । श्रीलंकाका स्पिनर मथैया मुरलीधरन ८ सय, अष्ट्रेलिया स्वर्गिय शेन वार्न ७ सय ८ र भारतीय अनिल कुम्बले ६ सय १९ विकेट लिएका थिए ।

एन्डरसन र स्टुअर्ट ब्रोड इंग्ल्यान्डको एकदशक देखी पहिलो रोजाईको जोडीमा खेल्दै लगातार सानदार प्रदर्शन गरेका थिए । बोर्ड र एन्डरसनले १ सय ३८ खेलमा सँगै खेल्दा कुल १ हजार ३९ विकेट लिएका थिए ।

यो टेस्ट इतिहासमा कुनैपनि एक बलरको जोडीले लिएको सर्वाधिक धेरै विकेट हो । यी दुई जोडीपछि अष्टेलियाका शेन वार्न र ग्लेन म्याकग्राथले १ सय ४ खेलमा १ हजार १ विकेट लिएका थिए ।

स्टुअर्ट ब्रोडलाई २००७ को टि२० विश्वकपमा भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । तर उनले आफ्नो करिअर अन्त्य भने इतिहासमै सर्वाधिक टेस्ट विकेट लिने दोस्रो तीव्र गतिको बलरमा अन्त्य गरे ।

बोर्डले सन् २०१० मा पाकिस्तानविरुद्ध लड्समा नवौं नम्बरमा ब्याटिङ गर्दै पहिलो इनिङमा १ सय ६९ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनको यो कुनैपनि खेलको उनको उत्कृष्ट ब्याटिङ हो । २०१० मा इंग्ल्यान्डले टि२० विश्वकप जित्दा बोर्ड टोलीका सदस्य थिए । टि२० आईमा उनले ५६ खेलमा ६५ विकेट लिएका छन् ।

२०१४ पछि उनी टि२० टोलीमा थिएनन् । बोर्डले १ सय २१ ओडिआई खेलमा १ सय ७८ विकेट लिएका छन् । २०१६ पछि उनी ओडिआई टोलीमा थिएनन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.