default_image

2 years ago

August 1, 2023

सन्दीप सम्मिलित सर्रेलाई जित्नै पर्ने दबाब

467 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा आज ब्राम्पटन वल्भ्सविरुद्ध खेल्दैछ । खेल आज साँझ ८ : ४५ मा सुरु हुनेछ ।

सन्दीप सम्मिलित सर्रेलाई शीर्ष चारमा रहँदै प्लेअफमा पुग्न यस खेल जित्नै पर्ने दबाब छ । सर्रे ५ खेलमा २ मा जित, १ मा हार र २ खेलमा वर्षाको कारण रद्ध भएपछि ६ अंकका साथ तेस्रो स्थानमा छ ।

सर्रेले भोली साँझ मिसिसौगा प्यान्थर्ससँग खेल्न बाँकी छ । प्लेअफमा पुग्न सर्रेले कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ । बाँकी दुबै खेल हारेको खण्डमा सर्रे समूह चरणबाटै बाहिरिनु पर्ने हुन्छ ।

आज पराजित भएमा अन्तिम खेलमा गर वा मरको अवस्था हुनेछ । सन्दीपले ४ खेलमा ७ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने बलरमा लोगन भान बिक १३ र कार्लोस ब्रेथवेट ८ पछि सन्दीप तेस्रो नम्बरमा छन् ।

नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याउन सानदार प्रदर्शन गरेका तीव्र गतिका बलर बीक देखि सर्रे सचेत हुनुपर्छ । ब्राम्पटनमा न्युजिल्यान्डका मार्क च्यापम्यान, कोलिन डि ग्रान्डहोम, टिम साउथी, नेदरल्यान्ड्सका म्याक्स ओडाआउड र बीक जस्ता खेलाडी छन् ।

उता सर्रेमा बेन कटिङ, इंग्ल्यान्डका ओपनर एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखार अहमद, बंगलादेशका लिटन दास, पाकिस्तानका मोहम्मद वासिम र मोहम्मद हरिस छन् ।

दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरियल टाइगर्स ६ खेलमा ४ मा जित र १ मा हारसहित ९ अंक जोड्दै शीर्ष स्थानमा छ । दीपेन्द्रको टोली भने एक खेल अगावै प्लेअफमा पुगेको छ । दीपेन्द्रको टोलीले टाइगर्सले आज १:१५ मा राती भ्यानकुभेर नाइट्ससँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्नेछ ।

ब्राम्पटन ६ खेलमा ३ मा जित, १ मा हार र २ खेल वर्षाको कारण रद्ध हुँदा ८ अंकका साथ दोस्रो स्थानमा छ । ब्राम्पटनले पनि शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने पक्का गरेको छ ।

सर्रे ५ खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ । टोरान्टो नेशनल ६ खेलमा २ मा जितसहित ५ अंकका साथ चौथो स्थानमा छ । भ्यानकुभेर नाइट्स ५ खेलमा ५ अंकका साथ पाँचौं स्थानमा छ । मिसिसौगा प्यान्थर्स ६ खेलमा ५ मा हारसहित १ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.